वेनीपाटन/खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आफ्ना उपभोक्तालाई बन्दाबन्दीको तीन महिनाको पानी महसुल छुट दिएको छ । आशागुरी खोल्सी धारा खोला मूल खानेपानी तथा सरसफाई उपभोक्ता समिति व्यास– ५ वेनीपाटनले तीन महिनाको महसुल छुट दिएको
हो ।
आफ्ना एक सय २८ धारा उपभोक्ता घरपरिवारलाई बैशाख, जेठ र असार तीन महिनाको महसुल छुट दिएको उपभोक्ता समितिका अध्यक्ष परशुराम गिरीले बताउनु भयो । उपभोक्ता समितिले परासर विद्यालय समेत तीनवटा सार्वजनिक धारालाई शुरुदेखि नै निःशुल्क पानी उपलब्ध गराएको छ । करिब एक महिनामा २५ हजारका दरले टोलका उपभोक्तालाई तीन महिनको ७५ हजार बराबरको महसुल छुट दिलाएको कोषाध्यक्ष पूर्णमायाँ थापाले बताउनु भयो ।
उपभोक्ता समिति, सल्लाहकार समिति, लेखा समिति, छिमेकी वेतेनी टोल विकास समितिका अध्यक्ष समेतको संयुक्त बैठकले तीन महिनाको महसुल छुट दिने निर्णय गरेको सचिव खगेन्द्र सुवेदीले बताउनु भयो ।
उपभोक्ता समितिले पानीको महसुल नतिर्ने उपभोक्ताको पानी लाईन काटि दिएको, पानी धारामा नझरे पनि न्यूनतम महसुल उठाएको देखे, जाने, बुझेका पाटन क्षेत्रका एक सय २८ धारा उपभोक्ताहरुले आशागुरी खोल्सी धारा खोला मूल खानेपानी तथा सरसफाई उपभोक्ता समिति व्यास–५ वेनीपाटनको बन्दावन्दीको तीन महिना अवधिको पानी महसुल छुट दिने निर्णयले लामो बन्दावन्दीले आर्थिक संकट परेको बेला ठूलो राहत भएको उपभोक्ता कमल प्रधानले बताउनु भयो ।
पानी महसुल छुट
previous post