दमौली/समुदायमा आधारित आपतकालिक प्रतिकार्य टोलीलाई पाँच दिने आधाभूत तालिम भाद्र ५ गतेबाट शुभारम्भ भई आज सम्पन्न हुँदैछ ।
नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखा मार्फत संचालित समावेशी समुदाय निर्माणमा अपाङ्गता भएका व्यक्तिहरुको शसक्तिकरण कार्यक्रम लागु भएको ऋषिङ गाउँपालिका भित्र वडाहरुबाट ३÷३ जनाका दरले सिफारिस भै आएका जनशक्तिलाई पाँच दिने तालिम प्रदान गरिएको हो । उद्द्घाटन समरोहमा सहभागिहरुलाई तालिममा सिकेका सिपलाई समाजमा पुगेर आपतकालिन समयमा प्रभावकारी प्रतिकार्य सञ्चालन गर्न सफलता हासिल गर्न बक्ताहरुले शुभकामना दिएका थिए ।
तालिम उद्घाटन कार्यक्रमलाई नेरेसो तनहुँका सभापति कृष्णहरी वाग्ले, पूर्व केन्द्रिय सदस्य एवं पूर्ण सभापति परशुराम गिरी, उपसभापति ऋषिराम पोख्रेल, मन्त्री चिनु पोख्रेल, कोषध्यक्ष हरिशरण पण्डित, सदस्य सुर्यचन्द्र हड्खले, तालिम संयोजक महेश्वर थपलिया लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समावेशी समुदाय निर्माणमा अपाङ्गता भएका व्यक्तिहरुको शसक्तिकरण कार्यक्रमका संयोजक करुणनिधी भट्टराईले सञ्चालन गरेको सो पहिलो चरणको कार्यक्रममा चार वटाबाट सिफारिस भै आएका २४ जनाको सहभागिता रहेको छ । दोस्रो चरणको कार्यक्रम सुक्रबारबाट शुरु हुने सभापति वाग्लेले बताए ।