
घिरिङ्ग–१ अत्रौली, तनहुँ
लाग्दैन निन्द्रा घर माथिको डाँडा गलाउँछ कि कतै,
परि रहन्छ पानी त्यो ठुलो ढुङ्गा चलाउँछ कि कतै,
कलिलै छन् लालाबाला दरिलै छन् बाबा आमा,
आधा रातमा बिउँझि हेर्छु बैरि आई लडाउँछ कि कतै ,
अधुरै छन् सपना अझै अधुरै छ जीवन,
सोच्दा सोच्दै टोलाउँछु भाग्य भए छलाउँ छ कि कतै ।