म्याग्दे/गाँउपालिकाले आयोजना गरेको एकिकृत घुम्ति शिविरवाट एक हजार तीन सय तेत्तीसजना पशु पालक कृषक लाभान्वित भएका छन् ।
शिविरमा ५३ वटा कुकुर र विरालोलाई रेविज विरुद्धको भ्याक्सिन दिईएको म्याग्देबाट पत्रकार बीबी श्रेष्ठले बताए । गोवर परिक्षण ७८ वटा पशुको गरिएको छ । त्यसैगरि एकसय बीस वटा वहर(गाइको बेथे अर्थात वियाड) र वोका(बाख्राको वेथे अर्थात वियाड) मा वन्ध्याकरण गरिएको छ ।
म्याग्दे क्षेत्रभित्रका तीन सय सतहत्तरवटा विरामी गाई गोरुको उपचार गरिएको शिविरमा विरामी तीन सय ६६ ओटा विभिन्न प्रकारको विरामी भैसीको उपचार गरिएको छ भने पाँच हजार छ सय असी वाख्राको उपचार भएको छ ।
५१८ वटा सुँगुर र वंगुरको उपचार गरिएको घुम्ति शिविरमा ९८२६ कुखुराको उपचार गरिएको छ । कुकुर र विरोलो १४१ वटाको उपचार गरिएको छ भने १९ वटा हाँसको उपचार गरिएको छ ।
म्याग्दे गाँउपालिकाले आयोजना गरेको एकीकृत घुम्ति शिविर असोज ७ गते शुरु भई कार्तिक ९ गते सम्म संचालन भएको थियो ।
पशुपालक कृषक लाभान्वित
previous post