राज्य संचालन गर्ने व्यक्तिहरू राजनीतिज्ञ हुन् । राजनीतिक व्यक्तिहरु मिलेर राजनीतिक पार्टीहरु बन्दछन् । भौगोलिक दृष्टिकोणले नेपाल ठुला मुलुकमा नपरे पनि प्राकृतिक, सामाजिक, साँस्कृतिक, धार्मिक र राजनैतिक वातावरणमा व्यापकता आएकोले नागरिकलाई समस्या पर्ने भएको छ । यहाँ राजनीतिक अवस्थाको विषयमा म आफूले निरकुंश पञ्चायती व्यवस्था, बहुदलिय प्रजातान्त्रिक व्यवस्था र गणतान्त्रिक संघिय लोकतन्त्रिक व्यवस्थालाई देख्न र भोग्न पाएँ । यी व्यवस्था मध्ये कुन ठिक त? भन्ने प्रश्नको उत्तर खोजिरहेको आभाष छ ।
केही विद्वान व्यक्तित्वले पञ्चायती व्यवस्था ठीक थियो, कही विद्वान व्यक्तित्वले बहुदलीय प्रजातन्त्रिक व्यवस्था ठीक थियो र केही व्यक्तित्वले हालको गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्था ठीक छ । यो प्रश्नको जवाफ पनि यिनै व्यक्तिबाटै प्राप्त भएकै छ ।
राजनीतिक व्यवस्था र देशभक्तिकै सन्दर्भ नियाल्ने हो भने पञ्चायत भित्रकालाई देशभक्त र पञ्चायत इतरकालाई अराजकतावादी भनियो । यी अराजकतावादीले वा बहुदलवादीले २०४६ सालमा आन्दोलन गरे पछि बहुदलीय प्रजातान्त्रिक व्यवस्था आयो । यस अवधिमा पनि केही पार्टीले संसदीय शासन पद्धतिमा भाग लिए भने केही पार्टीले भाग लिएनन् । त्यसपछि गणतान्त्रात्मक लोकतन्त्रिक व्यवस्थाले शासन चलाई रहेको अवस्था छ । यसरी छिटोछिटो शासन गर्ने तरिका बदली रहे तापनि देशभक्ति वा राष्ट्रियताको सवाल उठेकै छ ।
कुनै नेता भारत परस्त, कुनै नेता चीन परस्त र कुनै नेता अमेरिका परस्त भनी नेताहरू नै एक आपसमा मुद्दा पक्ष विपक्ष भई प्रस्तुत हुँदा सर्वसाधारण नागरिक अलमलमा परेका छन् । अरु देशको निर्भरताले जीउन परेको कारणले गर्दा हामी नेपाली हेपिनु परेको हो झै मलाई लाग्दछ । हाम्रो देशलाई चाहिने आधारभूत कुराहरू हाम्रै देशमा उत्पादन गरी आत्मनिर्भर गराउन सकिंदैन र ? शासकहरूले शासितहरुलाई आत्मनिर्भर हुने कार्यमा समाहित गराउन चाहनु हुन्न र ?
परस्त राजनीतिले ग्रस्त नेपाल
previous post