कमलबारी/रुम टु रिडको आर्थिक सहयोगमा पढ्नका लागि कोठा कार्यक्रमले सिद्धेश्वरी मावि कमलबारीमा सरोकारवाला संगको समन्वयात्मक वैठक तथा अन्तरक्रिया सम्पन्न गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फमबहादुर थापाको अध्यक्षता एवं वडा नं १२ का अध्यक्ष बमबहादुर आलेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बालिका शिक्षा कार्यक्रमको उपलब्धी, प्रगति, सफलता र आगामी रणनीतिबारे जानकारी एवं छलफल भएको थियो
अन्तरक्रियामा बोल्दै प्रमुख अतिथी एवं वडाध्यक्ष आलेले बालिका शिक्षा कार्यक्रम अन्तर्गतको जीवन उपयोगी सिपमा आधारित शत्रहरुले बालिकाहरु आफुलाई चित्त नबुझको कुरामा नाई भन्न सक्ने भएका तथा आफ्नो भाविष्यको लक्ष्य निर्धारण गर्दै त्यसका लागि आफुले गर्नुपर्ने कामका बारेमा सचेत समेत भएको आफुले पाएको बताए ।
कार्यक्रममा बोल्दै विव्यस अध्यक्ष फमबहादुर थापाले बालिका शिक्षा कार्यक्रमको निरन्तरताको लागि आग्रह गरे । अध्यक्ष थापाले कार्यक्रमको प्रभावकारी कार्यान्वयनको लागि विद्यालयले सकारात्मक सहयोग गरेको र आगामी दिनमा पनि त्यस्तै सहयोग रहने विश्वास दिलाए ।
विद्यालयमा बालिका शिक्षा कार्यक्रम कार्यान्वयनका चुनौति तथा समाधानका उपायको बारेमा समेत छलफल भएको अन्तरक्रियामा जीवन उपयोगी सिप तथा मेन्टोरिङको शत्र सञ्चालन, विद्यार्थी अनियमितता तथा बालिकाहरुको पढाइका प्रति बढ्दो अरुचिबारे समेत छलफल भएको वरिष्ठ समाजिक परिचाल सृजना पराजुलीले तनहुँ आवाजलाई बताईन् ।
शिक्षक सिर्जना कैनीले सञ्चालन गरेको अन्तरक्रियामा कार्यक्रम सहायक मिना माझकोटी तथा समाजिक परिचालक शुस्मा नागिलाको उपस्थिती रहको थियो भने १८ जना शिक्षक तथा अभिभावकको सहभागिता रहको थियो ।
पढ्नका लागि कोठाको अन्तरक्रिया
previous post