दमौली/कोभिड–१९ को तेस्रो भेरियण्ट ओमिक्रोनको संक्रमण दर विस्तारै ओरालो लाग्दै गएर औसत संक्रमण दर दुइ दशमलव पाँच प्रतिशतमा झरेको छ । तनहुँ आवाजले साप्ताहिक रुपमा अघिल्लो विहिबार देखि पछिल्लो बुधबारसम्मको अवधिको संक्रमणको अवस्थालाई हेर्दा ओमिक्रोनको संक्रमण घट्दै गएको देखिएको छ । माघ ८ गते शनिबार सबैभन्दा बढी ५०.७९ प्रतिशत रहेको संक्रमण दर यो साता सबैभन्दा कम १.१४ रह्यो । यो साताको औसत संक्रमणदर भने दुइ दशमलब पाँच प्रतिशत रह्यो । फागुन १२ गते विहिबार देखि फागुन १८ गते बुधबारसम्मको अवस्था विश्लेषण गर्दा यो साताको पहिलो दिन रहेको ४.१० प्रतिशतको संक्रमण दर साताको अन्तिम दिन बुधबार आईपुग्दा १.८४ प्रतिशतमा झरेको छ । संक्रमणमा उतारचढाव भने यो साता पनि चलिनै रह्यो । सााको पहिला दिनको ४.१० प्रतिशत संक्रमण आइतबार घटेर हालसम्मकै कम १.१४ प्रतिशतमा आयो ।
साताको अन्तिम दिन बुधबार भने १.८४ प्रतिशतमा पुगेको छ । बुधबारसम्म पाँचसय भन्दाबढी संक्रमित हुने जिल्लाहरु काठमाण्डौं र ललितपुर रहेका छन् भने मोरङ , कैलाली लगाएत ८ जिल्लामा संक्रमितको संख्या २०० भन्दा बढी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बुधबारसम्म जम्मा संक्रमित मध्ये नौ लाख ५७ हजार ४८८ जना संक्रमण मुक्त भएका छन् भने ११ हजार ९४१ जनाको मृत्यु भएको छ ।
यो सातामात्र कोरोना संक्रमणका कारण ११ जनाले ज्यान गुमाएका छन् । अघिल्लो साताको २५ जनाले ज्यान गुमाएका थिए । हालसम्म ६०–६९ उमेर समूहका सबैभन्दा धेरै दुइहजार ५०२ जनाले कोरोनाका कारण ज्यान गुमाएका मन्त्रालयले जनाएको छ । यो साता तीन हजार ७४१ जना संक्रमित संक्रमण मुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या सातहजार ७७० मा झरेको छ । मन्त्रालयका अनुसार साताभर भएको कुल परिक्षण ५२ हजार ९५२ मध्ये एकहजार ३२४ जनामा संक्रमण पुष्टी भएको थियो । यो साता छ लाख ९३ हजार ४३६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
न्यून बन्दै ओमिक्रोन संक्रमण
previous post