दमौली/नेपाल अंग्रेजी भाषा शिक्षक संगठन (नेल्टा ) तनहुँको अध्यक्षमा उपप्राध्यापक बसन्त कंडेल चयन भएका छन् । आइतबार सदरमुकाम दमौलीमा सम्पन्न नेल्टाको पाँचौ अधिवेशनबाट उपप्राध्यापक कंडेलको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको संगठनका निवर्तमान सदस्य छविदीप आलेले बताएका छन् । आलेका अनुसार समितिको उपाध्यक्षमा प्रकाश खड्का, सचिवमा तीर्थराज वर्देवा, सहसचिवमा तीर्थराज रानाभाट, कोषाध्यक्षमा मनु सापकोटा चयन भएका छन् भने सदस्यमा केशबहादुर थापा, झमबहादुर थापा, विमला अधिकारी, मीना शर्मा, प्रकाश मिश्र र विष्णु पोखे्रल चयन भएका छन् । यस अघि अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि एवं व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले तनहुँमा अंग्रेजी भाषाको विकास र विस्तारमा नेल्टाको भूमिका प्रशंसनीय रहेको बताए । स्थानीय सरकारका तर्फबाट नेल्टालाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै नगर प्रमुख न्योपानेले नेल्टाका नीति तथा कार्यक्रमहरु थप प्रभावकारी बनाउन सुझाए ।
नेल्टा तनहुँका अध्यक्ष लालप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न अधिवेशनमा नेल्टा गण्डकी प्रदेशका अध्यक्ष कमलराज लम्साल, निवर्तमान अध्यक्ष डा. नवराज न्यौपाने, नेल्टा तनहुँका संस्थापक अध्यक्ष चक्रबहादुर अधिकारी, पूर्व अध्यक्ष रामचन्द्र पोखरेल, आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खले, शिक्षक महेन्द्र न्यौपाने लगायतका वक्ताहरुले अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै नेल्टा तनहुँले जिल्लामा अङ्ग्रेजी भाषाको शिक्षण–सिकाई र विकासमा उदाहरणीय काम गरेको बताए ।
वि.स. २०६६ सालमा स्थापना भएको नेल्टा तनहुँमा १सय ३८ अंग्रेजी आजीवन सदस्यको रुपमा रहेका छन् । यो संगठनले जिल्लाका विभिन्न विद्यालय तथा क्याम्पसहरुमा कार्यरत शिक्षक र विद्यार्थीहरुका लागि प्रभावकारी शिक्षण सिकाइ, प्राज्ञिक लेखन र अनुसन्धानका विषयमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
नेल्टा तनहुँमा कंडेल
previous post