
दमौली/नेपाल रेडक्रस सोसाईटी कोटदरबार उपशाखको सभापतिमा विष्णुबहादुर आले सर्वसम्मत चयन भएका छन् ।
ऋषिङ गाउँ पालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उपशाखाको तेस्रा अधिवेशनले आलेको नेतृत्वमा सर्वसम्मत उपशाखा कार्य समिति चयन गरेको हो ।
उपशाखका संस्थापक सभापति एवं निवर्तमान सभापति ईन्द्रबहादुर आलेका अनुसार शाखाको उपसभापतिमा खेलीमायाँ थापा तथा सचिवमा इन्द्रबहादुर आले सर्वसम्मत चयन भएका छन् । यसैगरी कोषाध्यक्षमा टंकबहादुर थापा, उपसचिवमा गणेशकुमार श्रेष्ठ, उपकोषाध्यक्षमा तिलबहादुर थापा चयन भएका छन् ।
नव निर्वाचित समितिका सदस्यहरुमा सन्तबहादुर थापा, देवबहादुर थापा, रिमबहादुर आले तथा भीमबहादुर थापा चयन भएका छन् भने महिला सदस्यमा गापिनीमायाँ विक र इन्द्रमायाँ सार्की चयन भएका छन् । शाखाका तर्फबाट जिल्ला प्रतिनिधिको रुपमा निवर्तमान सभापति ईन्द्रबहादुर आले, खेलीमायाँ थापा, श्रीराम आले तथा कविराज श्रेष्ठ चयन भएका छन् ।
यसैबीच नेपाल रेडक्रस सोसाईटी कोटदरबार उपशाखाले ऋषिङ–७ पोखरी भञ्ज्याङका आगलागी पिडित शनीसरा आलेलाई दुइ पटक गरी नगद २ लाख ३ हजार ५११ तथा उपशाखाका तर्फबाट ग्याँस चुल्हो र सिलिण्डर हस्तान्तरण गरेको छ । जिल्ला शाखाबाट उपलब्ध सहयोग समेत आगलागी पिडित आलेलाई वडाध्यक्ष दुर्गाबहादुर थापाको हातबाट हस्तान्तरण गरिएको र थप नगद समेत संकलन भइरहेको निवर्तमान सभापति आलेले तनहुँ आवाजलाई बताए ।