ऋषिङ्ग/नेपाल रेडक्रस सोसाइटी कोटदरबार उपशाखाको तस्रो सभा शनिबार ऋषिङ्गमा सम्पन्न भएको छ ।
ऋषिङ्ग गाउँ पालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको प्रमुख आतिथ्य एवं शाखा सभापति इन्द्रबहादुर आलेको अध्यक्षतामा आयोजित सभामा आ. व. २०७५/०७६ मा रू. २०,२८,३८७।०४ को आयव्यय प्रस्तुत गरिएको थियो, जसमा रू. १० लाख मुद्धती खाता र रू. १,५१,१००।०४ बचत खातामा रहेको विवरण प्रस्तुत गरिएको थियो । साथै उपशाखाले सञ्चालन गरेको एम्बुलेन्स अभियानको लागि २७१ व्यक्ति र संस्थाबाट रू. २८,०१,६७९।–संकलन भएको र रू. १४,०२४४५।– बचत रहेको जानकारी गराइएको थियो । उक्त अवसरमा यशस्कर र विशिष्ट सदस्यता प्रमाणपत्र वितरण गरिनुका साथै विष्णुबहादुर आलेको संयोजकत्वमा युवा रेडक्रस सर्कल गठन गरिएको थियो ।
सभामा ऋषिङ्ग–७ का श्रीबहादुर आले, बेलबहादुर आले र परिवारको तर्फबाट युवा समाजसेवी बेलबहादुर आलेले उपशाखा कार्यालय भवन निर्माणको लागि आवश्यक जग्गा प्रदान गर्ने घोषणा गरे । सो अवसरमा बोल्दै प्रमुख अतिथी श्रेष्ठले शाखाले एम्बुलेन्स सञ्चालन गर्दाका बखत गाउँ पालिकाले सहयोग गरेको र भवन निर्माणका क्रममा पनि सक्दो सहयो गर्ने प्रतिवद्धता जनाए । सोही अवसरमा चार जनालाई यशस्कर सदस्यता तथा आठ जनालाई विशिष्ट सदस्यता प्रदान गरिएको थियो ।
कार्यक्रममा नेरेसो जिल्ला सदस्य महेन्द्रकुमार श्रेष्ठ, चवादी उपशाखा सभापति रामनाथ काफ्ले तथा ऋषिङ्ग–१ का वडाध्यक्ष श्रीबहादुर आलेले शुभकामना व्यक्त गरेका थिए ।