
ऋषिङ–१ ग्याझाटार
आकाशमा गड्याङगुडुङ्ग गर्दै बिजुलीको चट्याङ दिंदै
तोप जस्तै पड्की रहने के कस्तो मौसम होला
बादल मडारि रहने
के गर्नु आकाशको सूर्यलाई पनि ग्रहण लाग्यो
बबर महलको बारभित्र आगोको मुस्लो दन्किन थाल्यो
पानी बोक्ने कालो बादलको पनि शक्ति हरण भो
बादलभित्र गड्याङ्गगुडुङ्ग गर्ने
तोप जस्तै पड्कीने को पनि शक्ति हरण भो
के गर्ने ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’ जस्तै भो
ए हजुर,
युद्धको भुमरीमा शहिदका रगतमा पौडी खेलेर आएका नायकहरु
तिम्रा नामपति कहाँ गो
ए हजुर,
तिम्रा नामपति कहाँ कता गो
भन्छौ, फेरी चुनाव आए युद्धको टाउकेसंग लड्छु
बोल्ने मुखलाई मगरको जुँघाले नछेक्ने भो
जनताको विश्वासमा श्राप लागे जस्तै भो
शहिदका रगत अशुद्ध हुने भो
फेरी पनि बौरी उठि आए
शहिदका सपनामा कुठाराघात हुने भो
ए हजुर,
शहिदका बलिदान व्यर्थ हुने भो