प्रदेश सभातर्फ १(क), १(ख) र २(ख) मा कांग्रेस तथा २(क) मा एमाले अगाडि
दमौली/तोकिएको मिति अर्थात मंसिर ४ मा निर्वाचन हुने हो भने अब निर्वाचन आउन ५९ दिन बाँकी छ । निर्वाचन नजिकिँदै गर्दा दलहरु परिणाम आफ्नो पक्षमा पार्ने कसरतमा लागेका छन् ।
दुइ संघीय निर्वाचन क्षेत्र तथा चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको तनहुँमा पनि निर्वाचनको सरगर्मी विस्तारै वढ्रदै गएको छ ।
संघीय संसदको सदस्यका लागि दुइ निर्वाचन क्षेत्र मध्ये निर्वाचन क्षेत्र नै १ मा मादी पूर्वका व्यास नगरपालिकाका वडा नं ५ र ६ बाहेकका १२ वडा तथा भानु नपा, बन्दीपुर गापा, आँबुखैरेनी गापा, देवघाट गापा रहेका छन् भने क्षेत्र नं २ मा व्यास नपाको वडा नं ५ र ६ का अतिरिक्त ऋषिङ, घिरिङ, तथा म्याग्दे गापा र शुक्लागण्डकी तथा भीमाद नपा रहेका छन् ।
यसैगरी चार प्रदेशसभा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नं १(क) मा भानु नपा र व्यास नपाका २, ३, ४, ७, ८, ९, १० र ११ वडा पर्दछन् । क्षेत्र नं १(ख) मा व्यासका वडाहरु १, १२, १३ र १४ तथा बन्दीपुर गापा, देवघाट गापा र आँबुखैरेनी गापा पर्दछन् । मादी पश्चिमको क्षेत्र नं २ँ(क) मा म्याग्दे गापा र शुक्लागण्डकी नपाका अतिरिक्त व्यास नपाका वडा नं ५ र ६ पर्दछन् । क्षेत्र नं २(ख)मा भने भीमाद नपा र ऋषिङ तथा घिरिङ गाउँ पालिका पर्दछन् ।
बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतलाई आधार मानेर संघीय तथा प्रदेशसभा सदस्यको निर्वाचनको नतिजा विश्लेषण गर्दा क्षेत्र नै १ मा कांग्रेस उम्मेदबारको जित सहज छ । यो क्षेत्रमा पर्ने गापा तथा नपाका कांग्रेस वडाध्यक्षका उम्मेदबारले पाएको मत ३३ हजार ९७ रहेको छ भने एमालेका वडाध्यक्ष उम्मेदबारले पाएको मत २२ हजार २२१ रहेको छ । यो क्षेत्रमा ८ हजार ४५६मत सहित माओवादी केन्द्र तेस्रो स्थानमा छ ।
उता क्षेत्र नै २ अन्तर्गत पर्ने गापा तथा नपाका कांग्रेस वडाध्यक्षका उम्मेदबारले पाएको मत ३० हजार ६८० हुँदा एमालेका वडाध्यक्षले पाएको मत भने ३० हजार ८८८ रहेको छ । यो क्षेत्रमा माओवादी केन्द्र ६ हजार ८३६ मत सहित तेस्रो स्थान मै छ ।
माधव नेपालको पार्टी एकिकृत समाजवादीका मत उल्लेख्य नरहे पनि कांग्रेस नेतृत्वको वर्तमान गठबन्धन र सम्भावित एमाले राप्रपा गठबन्धन भएका खण्डमा दुवै निर्वाचन क्षेत्र गठबन्धनको पोल्टामा जाने
देखिन्छ ।
प्रदेशसभा १(क) मा एमालेको मत ११ हजार ८२१ हुँदा नेपाली कांग्रेसका मत भने १९ हजार १८८ रहेको छ । यो क्षेत्रमा माओवादीको १ हजार ३९० तथा नेकपा एसको ८०९ मत रहेको छ । यसैगरी १(ख)मा एमालेको मत २२ हजार २११ हुँदा कांग्रेसको मत ३३ हजार ९७ रहेको छ । यस हिसाबले दुवै क्षेत्र कांग्रेसका लागि सुरक्षित देखिन्छन् । यो क्षेत्रमा माओवादीको ७ हजार ६६ मत रहेको छ ।
उता प्रदेशसभा २(क) मा भने एमाले बलियो दखिएको छ । यो क्षेत्रमा एमालेले पाएको मत १६ हजार ७५१ हो भने नेपाली कांग्रेसले यहाँ १६ हजार ३०८ मत मात्र पाएको छ । माओवादीको ४ हजार ४६ तथा एकिकृत समाजवादीको १ हजार २३३ मत रहेको यो क्षेत्रमा गठबन्धन हुनासाथ गठबन्धनको उम्मेदबार सहजै निर्वाचित हुने देखिन्छ । यसैगरी प्रदेशसभा २(ख) मा झिनो मतले कांग्रेस अगाडि छ । यहाँ नेकाले पाएको मत १४ हजार ३७२ हो भने एमालेले पाएको मत १४ हजार १३७ हो । यो क्षेत्रमा माओवादीको मत २ हजार ७९० रहेको छ । यी दुई क्षेत्रमा तीन ठूला पार्टीहरु एक्ला एक्लै भिडे भने १(क)मा कांग्रेस तथा १(ख)मा एमालेले जित हात पार्ने देखिन्छ । तर गठबन्धन कायम रहको खण्डमा दुबै क्षेत्र गठबन्धनको हातमा जानेछ ।