दमौली/बलात्कारपछि हत्या गरिएको कञ्चनपुरका १३ बर्षिय बालिका निर्मला पन्तको न्यायको लागि दमौलीमा आइतबार विरोध सभा तथा ¥याली गरिएको छ । नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेकपाले आह्वान गरेको उक्त विरोध सभा तथा ¥यालीमा निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीहरुले समेत सहभागीता जनाएका थिए । दमौलीको ट्राफिक चोकमा ¥याली पछि गरिएको कोण सभामा पार्टीका केन्द्रीय सदस्य डम्बर विक, तनहुँ इन्चार्ज पूर्णजीत पुन तथा अखिल क्रान्तिकारी अध्यक्ष ममता रुचाललगायतले सम्बोधन गरेका थिए ।