
नागरिक लगानी कोष, नयाँ बानेश्वर, काठमाडौंले विभिन्न पेशा, व्यवसाय गर्ने नागरिकहरुका लागि पेन्सन योजना कार्यक्रम ल्याएको छ । उपत्यका बाहिरका नागरिकहरुले यस योजनामा सहभागी हुन चाहेमा कोषको शाखा कार्यालय, बिराटनगर र पोखरामा सम्पर्क राख्न सक्नुहुनेछ भने इन्टरनेट पहुँच राख्ने नागरिकहरुले इमेलवाट पनि उक्त कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ ।
१. नागरिक पेन्सन योजनामा सहभागी हुन निम्न प्रकृया पुराहरु गर्नु पर्नेछ ।
कोषको वेवसाइड जततउस्ररलपि।यचन।लउरमयधलयिबमक मा उपलव्ध केवाइसी ९प्थ्ऋ० फाराम भरेर, उक्त फारामलाई स्क्यान गरि नागरीकताको प्रतिलिपि सहित अष्तउभलकष्यल२mबष्।िअयm मा पठाउन सकिन्छ ।
यसरी पठाएपछि तपाईको मेलमा “ई नागरिक पेन्सन योजना परिचयपत्र”सहित पेन्सन नं. प्राप्त हुनेछ ।
यसरी पेन्सन नं.प्राप्त गरेपछि एन.आइ.सि.एशिया बैंकमा खोलीएको “नागरिक लगानी कोष नागरिक पेन्सन योजना” नामक खाता नं. ०५४४१५१०३५२१७०१२ मा जम्मा गरि उक्त भौचर पुनः माथी उल्लेखीत इमेलमा पठाउन सकिनेछ ।
२. नागरिक पेन्सन योजनामा सहभागी भएपछिका उल्लेखीत सुविधाहरु उपलव्ध हुनेछ ।
मासीक पाँच सयमा नबढ्ने गरि मासीक, त्रैमासीक, अर्धबार्षिक वा बार्षिक रुपमा र बढि रकम जम्मा गर्नुपरेमा १० ले भाग जाने जति पनि रकम जम्मा गर्न सकिने छ । सहभागी साठी बर्ष उमेर पुरा भएको र कम्तीमा १५ बर्ष वा सो वरावर समय अगावै पनि रकम जम्मा गरेको हुनुपर्नेछ ।
सहभागी साठी बर्ष पुगेपछि जम्मा भएको रकममा कोषले दिने ब्याज र वोनस जोडी सोलाई १७० ले भाग गर्दा आउने रकम नै आजीवन पेन्सनको रुपमा पाउनेछ ।