दमौली/जिल्ला प्रशासन कार्यालय तनहुँले बुधकार नरभक्षी चितुवा मार्न जिल्ला प्रहरी कार्यालय तनहुँलाई निर्देशन दिएको छ ।
एघार दिनको अन्तरमा दुई नावालकको ज्यान लिएपछि जिल्ला प्रशासन कार्यालयले सो चितुवालाई मारेर डिभिजन बन कार्यालय तनहुँमा बुझाउन निर्देशन दिएको छ । चितुवाले कार्तिक चार गते बन्दिपुर वडा नं. ३ मा ११ बर्षिय बालिका र १५ गते व्यास–१२ क्षेत्रमा आठ बर्षिय बालकको ज्यान लिएपछि आतंकित स्थानीयको निवेदन र दुवै पालिकाको पत्र समेतको आधारमा चितुवालाई नियन्त्रणमा लिन नसकेपछि जिल्ला प्रशासनले सो निर्देशन जारी गरेको थियो ।
नरभक्षी चितुवा मार्न निर्देशन
previous post