स्वास्थ्य अवस्था भनेको जैविक, सामाजिक, आर्थिक, मनोवैज्ञानिक र वातावरणबीच अन्तरसंवन्धको परिणाम हो भन्नेमा कसैको दुइमत छैन । स्वाास्थ्य विकासको निम्ती यी सबै तत्वहरुलाई समष्टिगत रुपमा ध्यान पु¥याउनु पर्दछ ।
वर्तमान विश्व २१ आंै शताब्दिको पूर्व सन्ध्यामा विकासको संघारमा पुगेको छ । स्वास्थ्य सम्बन्धि चुनौतिहरु सामना गर्न प्रत्येक राष्ट्रले नयाँ नयाँ प्रविधिको आविष्कार र गुणस्तरिय स्वास्थ्य सेवा जनताको घर दैलोमा पु¥याउनु पर्ने जनताको माग रहेको छ । नेपालको स्वास्थ्य सम्बन्धि नीति घोषणा गर्नु पूर्व गरिबी र अस्वस्थताबीच गहिरो सम्बन्ध रहेको छ भन्ने कुरा बुझ्नु जरुरी छ । गरिब जनताको स्वास्थ्य सेवाको आवश्यकता प्रति गम्भीर ध्यान केन्द्रित गर्नु बाञ्छनिय हुनेछ । दिगो विकास र जनकल्याणको लागि स्वास्थ्य सबै भन्दा महत्वपूर्ण तत्व हो भन्ने बुझ्न जरुरी छ । स्वास्थ्यलाई नकारात्मक असर पार्ने तत्वहरुलाई आफ्नो नियन्त्रणमा राख्नु पर्दछ । स्वास्थ्य अवस्था भनेको जैविक, सामाजिक, आर्थिक, मनोवैज्ञानिक र वातावरणबीच अन्तरसम्बन्धको परिणाम हो भन्नेमा कसैको दुइमत छैन । स्वास्थ्य विकासको निम्ती यी सबै तत्वहरुलाई समष्टिगत रुपमा ध्यान पु¥याउनु पर्दछ । राजनैतिक इच्छा शक्तिले सबैलाई स्वास्थ्य क्रियाकलापमा जागरुक बनाएर सबैको लागि सधँैको लागि स्वास्थ्य सेवाको प्रवन्ध गर्ने कार्यनीति अपनाउन र जिम्मेवारी बहन गर्ने नीति नेपाल सरकार गर्न ढिलो भै सकेको छ । सामूहिक नेतृत्व (group leadership) द्वारा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन संकल्प गर्नुपर्छ । यो नाफा मुखि व्यवसाय होइन । प्रत्येक व्यक्ति र समुदायको अधिकार यस सेवामा सूनिश्चित हुनु पर्दछ ।
दिगो विकास र जनकल्याणको लागि (sustainable Development and social welfare) अधिकार दिलाउने नीतिगत धारणा प्रति सबै समर्पित हुँदै अगाडि बढ्नु पर्दछ । दूर दराजमा रहेका गरिब, झुप्रा बस्तीमा बसोबास गरिरहेका शहरका कुनामा रहेका जनताको स्वास्थ्थ आवश्यकताहरुमा नेपाल सरकारले ध्यान दिनै पर्दछ । विकासलाई दिगो बनाउन यथासम्भव व्यापक रुपमा ग्रामिण वस्तीमा बसोबास गर्ने गरिब र न्यून आय भएका सबै जनताले आफ्नो सेवा प्राप्तीको मागलाई सम्बोधन गर्न दबाब दिइरहन पर्ने आवश्यकता रहेको छ । स्वास्थ्य सेवामा वैज्ञानिक, प्राविधिक, प्रविधिले गरिब र कम सुविधा सम्पन्न व्यक्तिहरुबाट नाजायज फाइदा उठाउने खतरा उत्पन्न भएको छ । जस्तैः किडनी प्रत्यारोपण (kidney transplantation) को लागि मानव अंगको व्यापार ।
यस क्षेत्रमा अनुसन्धान र विकासको लागि निरन्तरता दिई रहनु पर्दछ । नेपाल सरकारले स्वास्थ्य सेवाको विकास बारे योजना निर्माण गर्दा विगतका सफलता र असफलताहरुमा मनन् गर्नुका साथै वर्तमान र भावी चुनौति बारे गम्भीरता पूर्वक सोच्नु पर्दछ । नेपाली जनताको जीवन झनझन सरल होइन जटिल बन्दै गएको छ । विश्व जनसंख्याको एक चौथाई जनसंख्या –१० देश – दक्षिण पूर्वि एशिया – बंगलादेश, म्यानमार, भुटान, कोरिया, भारत, इण्डोनेशिया, माल्दीभ्स, श्रीलंका, थाईल्याण्ड र नेपालमा चालिस प्रतिशत गरिबहरु बस्दछन् । यी देशका जनताले सामाजिक दुव्र्यवहार र हिंसा समेत भोग्दै आएका छन् । सबैले राम्रो र सुरक्षित जीवन बिताउन पाउनु पर्दछ । स्वस्थ्य भनेको नैसर्गिक र आधारभूत मानव अधिकार हो । प्रत्येक देशका नागरिकले स्वस्थ्य रहने मौका पाउनु पर्दछ । सबैको लागि स्वस्थ्य ( Health For All Forever) सधैंको लागि स्वास्थ्य सेवा सम्बन्धी नीति तथा कार्यक्रम अविलम्ब घोषणा गर्नु पर्ने दायित्व बहुमत प्राप्त सरकारको हो । स्वस्थ्य सेवा अन्योलग्रस्त अवस्थामा गुज्रिरहेको छ । सेवाग्राहिले सेवा नपाउने र कयौं घण्टासम्म अस्पतालको पेटीमा बिताइरहेको दृश्य दर्दनाक अवस्था प्रत्येक व्यक्तिले दिनहुँ देखिरहेका छन् । के यस्तो अवस्थामा सुधार आउला त ? आउँदा दिनमा केन्द्र , प्रदेश र स्थानीय तहमा कस्तो स्वास्थ्य सेवा प्रदान गर्ने नीति आउँदै छ त सरकार ? यस्तो संवेदनशिल क्षेत्रमा निरिहता प्रदर्शन नहोस् भन्ने आग्रह ग्रामीण दूर दराजमा बस्ने जनता र बौद्धिकवर्गको आग्रह रहेको छ । छिट्टै सम्बोधन होस्–धन्यवाद ।