काठमाडौं/आज अर्थात २०८२ माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख रुपैयाँ तोकिएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनअनुसार पाँच लाखभन्दा बढीको भुक्तानी नगदमा गर्न पाइनेछैन र त्यस्तो रकम एकाउन्टपेयी चेक वा सम्बन्धित व्यक्तिको बैंक खातामार्फत मात्र भुक्तानी गर्नुपर्नेछ ।
फर्म, कम्पनी तथा संस्थाको नाममा जारी गरिने चेक पनि अनिवार्य रूपमा एकाउन्टपेयी हुनुपर्ने व्यवस्था गरिएको छ । यसले वित्तीय कारोबारमा पारदर्शिता बढाउने अपेक्षा गरिएको छ । तर प्राथमिकता प्राप्त पूर्वाधार आयोजना, जलविद्युत्, सडक र सञ्चार क्षेत्रमा कार्यरत कर्मचारी तथा श्रमिकको पारिश्रमिकमा यो व्यवस्था लागू हुने छैन ।
यस्तै, विकास आयोजनाका लागि मालसामान आपूर्ति, सरकारलाई बुझाउनुपर्ने राजश्व, धरौटी तथा जमानत रकम, पेन्सन वितरण, राहत–अनुदान र विप्रेषण भुक्तानीमा पनि नगद कारोबारमा कुनै अवरोध नहुने राष्ट्र बैंकले जनाएको छ ।
सरकारले गत मङ्सिर १५ गते नै नगद कारोबारको सीमा पाँच लाखमा सीमित गर्ने निर्णय गरेको थियो तर अर्थ मन्त्रालयले तग बिहीबार मात्रै सोसम्बन्धी व्यवस्थाको सूचना राजपत्रमा प्रकाशित गरेको थियो ।
नगद कारोबार सीमा पाँच लाख
previous post
