गत साउन १५ मा दार्चुला जिल्ला व्यास गाउँ पालिका–२ खाङदाङमालका जयसिंह धामी सोही गाउँ पालिकाको मालघाटमा रहेको तुइनको प्रयोग गरी भारत तर्फको बाटो हुँदै जिल्ला सदरमुकाम खलंगा आउने क्रममा तुईनको तारसंगै महाकाली नदीमा बगी बेपत्ता भएको घटनाको छानविन गर्न बनेको समितिले एक महिना लगाएर तयार पारेको प्रतिवेदन गृहमन्त्रीलाई मंगलबार बुझाएको छ । गृह मन्त्रालयका अनुसार प्रतिवेदनमा तुईन सहित जयसिंह धामी महाकालीमा बग्ने प्रकरणमा भारतीय एस।एस।बी। का सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकाले ति सुरक्षाकर्मीको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषी उपर कानूनी कारवाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसंग कुटनीतिक माध्यमबाट पल गर्न सरकारलाई आग्रह गरिएको छ । साथै प्रतिवेदनमा धामीका आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालन पोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न सिफारिस गरिएको छ ।
धामी तुईन तर्दैगर्दा पारीबाट भारतीय सुरक्षाकर्मीका जवानले तुईन काट्न लागेपछि वारीबाट तुईन तर्न लाईन बसेकाहरुले नकाट्न आग्रह गरेको तर अमानविय ढंगले तुईन काटिएको स्थानीयको भनाई छ । तर धामीका परिवारलाई १० लाख क्षतिपूर्ति दिएर नेपाल सरकारले यो प्रकारणलाई सामसुम पार्न खोजेको आशंका पनि गर्न थालिएको छ भने अर्को तिन दिन छानविन समितिको म्याद थप्न सरकार तयारीमा रहेको खबरले समेत यो घटनालाई विस्मृतिमा धकेल्न खोजेको भन्ने अर्थ लाग्न थालेको छ ।
यतिबेला देशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार छ । बीपी कोइराला प्रधानमन्त्री भएका बखत चीनिया सुरक्षाकर्मीको हातबाट नेपाली नागरिक मारिँदा चीन सरकारलाई माफी माग्न लगाएर क्षतिपूर्ति दिलाएको इतिहास पढेका आमनेपालीले भारतसंग पनि आफ्ना नागरिक मारिएको सन्दर्भमा त्यस्तै सहासको अपेक्षा गरेका छन् । नकि एक महिना लगाएर भारतीय सुरक्षाकर्मीको उपस्थितिमा घटना भएको प्रतिवेदन दिने निरिहताको । भारत परस्त भनेर आरोप लाग्ने गरेको नेपाली कांग्रेसलाई हामी कसैको परस्त छैनौं भनेर देखाउने अवसर त यो हुँदै हो नागरिकले अफुलाई दुःख पर्दा सुरुक्षा र न्याय प्रदान गर्ने सरकार हामीसंग छ भन्ने अनुभूत गराउने अवसर पनि हो ।
धामी प्रकरणमा उचित कदमको अपेक्षा-सम्पादकीय
previous post