संसारकै सबैभन्दा पुरानो चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक धनवन्तरीको उत्पत्ति भएको दिन आउँदैछ । कार्तिक कृष्ण पक्षको त्रयोदशी अर्थात पर्सी शनिबार उनै धनवन्तरीको उत्पत्ती भएको दिन भएकाले यो दिन आयुर्वेद चिकित्सासंग सम्बन्धित सबै तथा यसको महत्व आत्मसाथ गरेका सबैका लागि यो दिन महत्वपूर्ण रहन्छ । यस दिन धनवन्तरीको सम्झना गरिन्छ, जसले चिकित्सा पद्धतिको बरदान भनेर चिनिने चिकित्सा पद्धतिको प्रवर्तन गरे । आयुर्वेद भनेको हाम्रो वनजंगल र घर वरपर पाइने विभिन्न खाले वनस्पति र जडीबुटीमा आधारित चिकित्सा पद्धति हो । तत्काल नतिजा चाहिने बानी परेका हामी आधुनिक चिकित्सा पद्धतिमा लहसिएका छौं । जसले रोग छिटो निको पारेको भान हुन्छ तर त्यसको उपचार दीर्घकालिन भने हुँदैन । त्यसैले हामीले आयुर्वेदको उपचारमा त्यति ध्यान दिँदैनौ ।ं आयुुर्वेदको उपचारले विस्तारै हाम्रा रोगहरुलाई निको पार्छ र भविष्यमा त्यस खालका रोगहरु नलाग्ने खालको शारिरीक अवस्था बनाउँछ । यस्तो प्रभावकारी र हितकारी उपचार पद्धतिका प्रवर्तक धनवन्तरी प्रति हाम्रो पनि श्रद्धा र सम्झना ।
यही दिन हो,अत्यन्त शालीन अनि प्रकृति प्रेमी किराँत समुदायलाई विकासको मूलधारमा ल्याउने, सामाजिक, आर्थिक र सांस्कृतिक रूपमा अझ प्रगाढ बनाउने अनि शिक्षाको पार्दुभाव गर्ने व्यक्तित्व महागुरु फाल्गुनन्द अर्थात फाल्गुनन्द लिङ्देनको जन्म भएको । आफ्नो ज्ञान, अनुभव र सिपको आधारमा युगौँ युगसम्म पनि समाजलाई सकारात्मक प्रभाव पार्ने र उत्प्रेरणा प्रदान गर्ने व्यक्तिको नाम हो फाल्गुनन्द । पूर्वी नेपालका पहाडी जिल्लामा बसोबास गर्ने गुरु फाल्गुनन्दको किराँत समुदायलाई रुढीवादी परम्पराबाट बाहिर ल्याउनमा विशेष भूमिका रहेको छ ।
नारी जाति सृष्टिकर्ता भएकाले उनीहरूलाई समाजमा उँचो सम्मान दिनु पर्ने विचार राख्ने हत्याहिंसाका विरोधी, सत्य वचन र धर्म कर्ममा निष्ठ, प्रेम र अहिंसाका अनुयायी तथा प्रतीकका रूपमा पनि चिनिने, समाज सुधारक नेपालका राष्ट्रिय विभुती महागुरु फाल्गुननन्दको जन्म जयन्तीमा उहाँप्रति हाम्रो पनि श्रद्धा र सम्मान ! साथै नेपालीहरुको दोस्रो ठूलो चाड तीहारको पाठक, विज्ञापनदाता, शुभेच्छुक तथा लेखक सबैमा शुभकामना । सबैको तीहार उमंगमय रहोस् भन्ने कामना ।
धनवन्तरी र फाल्गुनन्दको सम्भना- सम्पादकीय
previous post