करङकाठ÷सामुदायिक सेवा केन्द्रले आफ्नो स्थापना दिवसको आवसर पारेर गरेको रक्तदान कार्यक्रम आईतवार सम्पन्न भएको छ । व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यतामा सञ्चालित रक्तदान कार्यक्रमको उद्घाट नगरप्रमुखले रक्तदातालाई व्लड व्याग हस्तान्तरण गरेर गर्नुभएको थियो । नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाद्वारा सञ्चालित व्लड बैंकका प्राविधिकहरुबाट रक्तदानमा प्राविधिक सहयोग पु¥याइएको थियो ।
१९ जना रक्तदाताले रक्तदान गरेको कार्यक्रममा नेपाल प्रहरीका राष्ट्र सेवकहरुले अग्रपंक्तिमा रक्तदान गरेका थिए । रक्तदानमा १७ जना पुरुष र दुई जना महिलाको सहभागिता रहेको थियो । नगरप्रमुख न्यौपानेले सो अवसरमा सामुदायिक सेवा केन्द्रको साझापन र साझा अस्तित्वको खुलेर प्रसंसा गर्दै अपूर्ण भवनलाई पूर्णता दिन आर्थिक सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । यसअघि प्रहरी उपरिक्षक विनोद सिलवालले सामुदायिक सेवा केन्द्रको भवनको अवस्थाको अवगत गराउँदै सुधार र विस्तारका लागि अनुरोध गर्नुभएको थियो ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दुर्गाभक्त अधिकारीको सभापतित्वमा भएको सो रक्तदान उद्घाटन कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाका उपसभापति ऋषिराम पोख्रेल, वडा नं. १ का वडाध्यक्ष खरसिं दरै, केन्द्रका संस्थापक अध्यक्ष गोविन्द पन्थ, तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका अध्यक्ष राजकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो । स्वागत ऋषिराम ढुङ्गानाले गर्नुभएको थियो भने सञ्चालन सूर्यभक्त पौडेलले गर्नुभएको थियो ।