दमौली/देशको राजनीतिक अवस्था तरल बनेको बेला देशबासीका लागि दिने शुभकामना सन्देशमा राजनीतिक व्यक्तित्वहरुले अवसर छोपेका हुन्छन् । त्यसै गरी पूर्व राजा ज्ञानेन्द्र वीरविक्रम शाह, विभिन्न दलका नेताहरु, राजनीतिक व्यक्तित्वहरुले शुभकामना सन्देश दिएर देशवासीलाई आफ्नो राजनीतिक दृष्टिकोण सार्वजनिक गर्ने गरेको पाईन्छ ।
धेरैको शुभकमाना अहिले खासै महत्व राख्दैन । बाह्र बुँदे सम्झौता देखिनै त्यसको सैद्धान्तिक पक्षमा फरक धारणा राख्दै राजनीतिक मूल प्रवाहबाट बाहिर रहेर पनि बोलि रहेका गोविन्द राज जोशीको धारणा पनि सार्वजनिक भएको छ । नेपाली काँग्रेसको राजनीतिमा दह्रो वजन भएका जोशीले शुभकामना भनेका छन्– ‘कतिपय राजनीतिक दलहरूले आफ्नो मुख्य उपलब्धि मानेका सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षता हामीहरूका लागि बोक्नै नसक्ने भारी प्रमाणित हुँदै गएको छ ।’ उनले थप पुष्टि गर्दै भनेका छन् कि देशले बोक्ने नसक्ने भारी भएको संघीयता, गणतन्त्र र धर्म निरपेक्षता अब परिवर्तन गर्नु अपरिहार्य आवश्यक भैसकेको छ ।
पूर्व राजा ज्ञानेन्द्र शाहबाट पनि दशैको शुभकामना सन्देश आएको छ । वर्तमान समयमा राजा आउ देश बचाउ भनेर सडक ताती रहेको बेलामा त्यो अभियानलाई उर्जा दिने सन्देश हुनुलाई अस्वभाविक मानिदैन । दशैं तिहार पछिको समय अर्थात मंसिर पुसको चिसोमा नेपालको राजनीतिमा उत्कर्षको तामक्रम बढ्ने संकेत शुभकामना सन्देश र प्रधानमन्त्रीका अभिव्यक्तिहरुले दिई रहेका छन् ।
दशैंमा आयो राजनीतिक सन्देश
previous post