दमौली/कोभिड जिल्ला विपद व्यवस्थापन समिति समेतको बुधबार बसेको संयुक्त बैठकले दशवटै पालिकामा दशवटै क्वारेनटाईन बनाउने निर्णय गरेको छ । ५०/५० बेडको अत्याधुनिक तथा व्यवस्थित क्वारेनटाईन निर्माण गर्न पालिका प्रमुख, राजनीतिक दलहरु समेतको प्रतिबद्धतामा सो निर्णय भएको जनाइएको छ । २५ जना भन्दा बढी रहेको क्वारेनटाईनलाई नेपाली सेना समेतको सुरक्षा प्रबन्ध रहने पनि बुझिएको छ ।
चालू भैसकेको क्वारेनटाईनलाई व्यवस्थित गर्ने सहमतिमा भानु नगरपालिकाको शारदा कलेज फुस्रेटारमा अत्याधुनिक र व्यवस्थित क्वारेनटाईन बनाइएने भएको छ । त्यसैगरी आँबुखैरेनी गापाभित्रमा मित्रता मावि सत्रसयमा, बन्दिपुर गापाको रत्नराज्य आधारभूत विद्यालय टुडीखेल, व्यास नगरपालिकामा आदिकवि भानुभक्त बहुमुखी क्याम्पस हाईस्कूलटार व्यवस्थित क्वारेन्टाईन राखिने भएको छ । त्यसैगरी म्याग्दे गाउँपालिकामा मिन मावि थर्पुमा, ऋषिङ्ग गापाको शुक्ला मावि झापुटारमा, शुक्लगण्डकी न.पा.को भानुभक्त क्याम्पस बेलचौतारामा भिमाद न.पा.को जनज्योति क्याम्पस भिमादमा, घिरिङ्ग गापाको चन्द्रज्योति मावि घिरिङ्गमा क्यारेन्टाईन सञ्चालनमा ल्याईनेछ ।
दशवटै क्वारेनटाईन
previous post