



कार्तिक २५ गते मंगलबार तनहुँको भानु नगरपालिका वडा नं ७ वसन्तपुरमा रहेको थानीमाई मन्दिरमा देखिएको दृश्य । समुन्द्र सतहबाट झण्डै १२ सय मिटरको उचाइमा रहेको मन्दिरमा विराजमान थानीमाईलाई स्थानीय स्वर्गकी देवीको रुपमा पुजा आराधना गर्ने गर्दछन् । पञ्चेबाजासहित फूलको डोली लिएर मन्दिरको तीन पटक परिक्रमा गर्दै देवीलाई चढाउने परम्परा रहेको यो मन्दिरमा विसं १८२५ देखि पुजाआजा हुने गरेको मानिन्छ । अन्नपूर्ण हिमश्रृङ्खला अन्तर्गतका हिमालको दृश्यावलोकन गर्न सकिने यो मन्दिरमा कार्तिक, मंसिर, माघ र फागुन महिनाको मंगलबार भक्तजनको भिड लाग्ने गर्दछ । तनहुँको एक महत्वपूर्ण धार्मिक र सांस्कृतिक धरोहरको रुपमा रहेको यो मन्दिरमा बली चढाउन प्रतिबन्ध छ । भौतिक पूर्वाधारको विकास तथा सडकको पहुँच विस्तारसँगै मन्दिरमा डोली चढाउने तथा बत्ती बाल्ने भक्तजनको संख्यामा समेत वृद्धि भएको छ । तस्वीरहरुः रमेश विकल
