दमौली/म्याग्दे गाउँपालिका–४ मा रहेको थर्पु अस्पतालमा दैनिक आँखा उपचार सेवा सञ्चालन हुने भएको छ । २०८२ पुस ३ गते देखि थर्पु अस्पतालमा दैनिक रुपमा आँखा उपचार सेवा सञ्चालन हुने भएको हो ।

म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र हिमालयन आँखा अस्पताल पोखराका मेडिकल डाइरेक्टर डा. बबिता गुरुङ बीच सोमबार भएको सम्झौता अनुसार पुस ३ बाट दैनिक सेवा सञ्चालनमा आउने भएको हो ।
दैनिक आँखा उपचार सेवा शुरु भएसँगै यसबाट गाउँपालिका वासीलाई आँखा उपचारको लागि दमौली र पोखरा धाउनु पर्ने बाध्यताको अन्त्य हुनेमा गाउँपालिकाको विश्वास रहेको छ
