दमौली/नेपाल रेडक्रस सोसाईटीले आफ्ना स्वयमसेवक, प्रत्येक पालिकाका कर्मचारी, जिल्ला प्रशासन, नेपाल प्रहरी, कारागारका कर्मचरीहरुलाई तीन दिने आधारभूत तालिम विहिबार सम्पन्न हुँदैछ ।
प्रारम्भिक द्रुत लेखाजोखा आधारभूत मानवीय मापदण्ड र लैंङ्गिक र सामाजिक समावेशीकरण तालिम दमौलीमा मंगलबारबाट शुरु भै विहिबार सम्पन्न हुँदैछ । नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय सदस्य एवं स्वास्थ्य समितिका सहसंयोजक प्रदीप घिमिरेको प्रमुख आतिथ्यतामा शुभारम्भ भएको तालिममा दश पालिकाबाट दश जनालाई आमन्त्रण गरिएको थियो । त्यसैगरी उपशाखाबाट १३ जनालाई, शाखाबाट कर्मचारी सहित चार जना र जिल्ला प्रशासनबाट एक, जिल्ला प्रहरीबाट एक र जिल्ला कारागारबाट १ को तालिममा सहभागि रहने कार्यक्रम रहेको अपाङ्गता समावेशी कार्यक्रमका संयोजक करुणानीधि भट्टराईले बताए ।
नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाका सभापति कृष्णहरि वाग्लेको सभापतित्वमा भएको कार्यक्रममा आमन्त्रित अतिथि तथा सहभागिहरुलाई उपसभापति ऋषिराम पोख्रेलले स्वागत गरेका थिए ।
सो कार्यक्रममा कोषाध्यक्ष हरिशरण पण्डित, उपकोषाध्यक्ष शुकुमलाल गुरुङ्ग, सदस्य सूर्यचन्द्र हड्खले तथा प्रशिक्षक गौरीलाल बुढाथोकीले तालिमको सहजीकरण गरेका थिए । आजै यो कार्यक्रमको समापन हुँदैछ ।