दमौली/स्वास्थ्य कार्यालय, तनहूँको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार र विकासका लागि श्रोत केन्द्र (रिसेड) तनहुँले तालिम तथा सहयोग वितरण गरेको छ ।
तरकारी तथा फलफुल खेती गर्नका लागि २६ जना विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरुलाइ तालिम तथा सहयोग वितरण गरेको छ ।
आइतबार दमौलीमा आयोजीत कार्यक्रममा गण्डकी प्रदेशका सांसद माननीय डोवाटे वि.क.ले सो सहयोग सम्बन्धीत व्यक्ति तथा उनीहरुका अभिभावकहरुलाइ वितरण
गर्नुभयो ।
तनहुँ जिल्लाका विभिन्न ८ वटा स्थानीय तहका अपाङ्गता भएका व्यक्तिहरुको माग संकलन गरी अपाङ्गता भएका कृषक तथा उनीहरुका अभिभावकहरुलाई तरकारी तथा फलफुल खेती सम्बन्धी आधा दिनको तालिम प्रदान गरिएको छ । तालिम प्राप्त अपाङ्गता भएका व्यक्ति तथा अभिभावक मध्ये ११ जनालाइ तरकारी खेती, ९ जनालाइ कागती खेती, ३ जनालाइ केराखेती, २ जनालाइ सुन्तला खेती र १ जनालाइ अदुवा खेतीका लागि प्रति व्यक्ति पाँच हजारका दरले सहयोग प्रदान गरिएको अपाङ्गता भएका व्यक्तिहरुको अधिकार र विकासका लागि श्रो केन्द्र (रिसेड) तनहुँले जनाएको छ । । कार्यक्रमबाट सहयोग पाएका व्यास नगरपालिका १० डिहीगाउँका विष्णुप्रसाद अधिकारीले खुशी व्यक्त गदै भने “हामीले तरकारी खेती त अलीअली गरीरहेकै हो तर अहीले थप सहयोग पाएर यसलाइ अझ धेरै तरकारी खेती गरी आम्दानीमा बृदि गर्ने सोच बनाएको छु” । त्यसैगरी, अदुवा खेतीका लागि सहयोग पाएका घिरिङ्गका डुल बहादुर थापाले आफुले २ रोपनीमा अदुवा खेती लगाउने सोचेको भएता पनि सहयोग पाइने भएपछि अहिले ४ रोपनी बारीमा अदुवा लगाएको र सम्पुर्ण परिवारले त्यसमा सहयोग गरीरहेको बताएका छन ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सांसद डोवाटे वि.क.ले आफुले सँधै अपाङ्गता भएका व्यक्तिहरुलाइ सहयोग गर्न तयार रहेको र तनहुँ जिल्लामा अपाङ्गता भएका व्यक्तिहरुको सिप विकासका लागि एउटा श्रोत केन्द्र संचालनमा ल्याउनुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि सुनील लामीछाने, रिसेडका महासचिव दामोदर रेग्मी लगायतले सम्बोधन गर्नुभएको थियो ।
तालिम तथा सहयोग वितरण
previous post