
दमौली/तनहुँको न्यायीक तथा अर्धन्यायीक निकार्यको बुधबारबाट दमौलीमा निरिक्षण शुरु भएको छ । उच्च अदालत पोखराको न्यायाधीश श्रीधरा पुडासैनीको नेतृत्वमा आएको टोलीले निरिक्षण प्रारम्भ गरेको हो । न्यायीक तथा अर्धन्यायीक निकायको साथसाथै सरोकारवाला संघसंस्थाहरुसंग पनि छलफल र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको तनहुँ जिल्ला अदालतका स्रेस्तेदार मिनबहादुर कुवँरले बताउनु भयो । विशेष गरी तनहुँ जिल्ला अदालत, मालपोत कार्यालय, बन कार्यालय समेतको न्यायीक प्रक्रियाको बारेमा निरिक्षण गर्ने कार्यक्रम रहेको छ ।