दमौली/पाँचजना जिल्ला बाहिरका निवेदकले तनहूँबार विरुद्ध गरेको रिट अभ्यासले बेरोजगारलाइ लेखापढि व्यवसायको अवसर प्रदान गर्ने असल नियतले सञ्चालन गरिएको परिक्षा व्यवस्थापन स्थगित हुन पुगेको छ ।
कानुनका विद्यार्थी अखिल खरेल, शेख अतिउल्लाह, राजन गोसाई सन्यासी, बिप्लव पौडेल र समिर थापा मगरसहितको परमादेश निवेदन उच्च अदालत पोखरामा साउनको पाँच गते दायर भएको थियो ।

सो निवेदनमा निवेदकहरुले अन्तरिम आदेशको माग गरेको भएतापनि उच्च अदालत पोखराले साउन छ गतेको सुनवाईमा अन्तरिम आदेश जारी गरेको थिएन । अन्तरिम आदेश जारी नहुने आदेशले निवेदकहरुलाइ पहिलो झड्का लागेको छ । यता तनहुँ जिल्ला अदालतले साउन छ गते विहानै सूचना प्रकाशित गरेर अदालतको बार्षिक प्रतिवेदन र बार्षिक कार्य योजना निर्माण गर्नुपर्ने आन्तिरिक कार्यव्यवस्ताले अर्को सूचना प्रकाशित नभएसम्मका लागि परिक्षाका सम्पूर्ण कामकारवाही स्थगित गरिएको छ । परिक्षाको कामकारवाहीमा प्रत्यक्ष संलग्नता नभएको तनहुँ बार विरुद्धमा रिट अभ्यास भएको छ ।
रिट निवेदकहरुसंग सम्पर्क गर्ने प्रयास सफल हुन सकेन । सैद्धान्तिक रुपमा अन्तरिम आदेश जारी नभएपछि तनहुँ जिल्ला बार एशोसिएसन र त्यसका अध्यक्ष विरुद्ध परिक्षा सम्बन्धी विषयमा दायर भएको रिटको औचित्य समाप्त तनहुँ बारको बुझाई रहेको छ । त्यसको साथै तनहुँ बारलाइ लेखापढी व्यवसायी परिक्षा सञ्चालन गर्ने अधिकार नभएकोले पनि रिटको औचित्य समाप्त भएको पदाधिकारीहरुको दावी छ । तनहूँ बार र अध्यक्षका विरुद्धमा रिट दायर हुनु कानुनी धरातल शून्य रहेको तनहुँ बारको टिप्पणी रहेको छ ।