
नेपाल बार एशोसिएशन तनहुँ जिल्ला अदालत बार एशोसिशन इकाइले साउन २७ गते कानुन व्यबसायी परिषदको ३२औं स्थापना दिवस एक दिवसीय अन्तरक्रिया कार्यक्रम गरेर मनाएको छ । परिषदको राष्ट्रिय नीति अनुसार देशभर पहिलो पटक एकै स्वरूपमा यो कार्यक्रमको व्यवस्थापन गराइएको थियो ।
अदालत परिवार, कानुन व्यवसायी परिवार, लेखापढी ब्यबसायी परिवारले पहिलो पटक एकै परिवारको अनुभूति गर्दै यो दिवश मनाए ।
तनहु जिल्ला अदालतका न्यायाधीश कमलराज बिष्टले कानुन बनाउने र कार्यान्वयन चरणहरूमा चनाखो भएर बन्ने कानुनको प्रभाबकारीता र कार्यान्वयनमा आएका कानुनको ब्यबहारिक अप्ठ्यारा फुकाउन सरोकारवाला बीच निरन्तर अन्तरक्रिया छलफल, बहस र सुझाबको परिपाटि बसाल्न बार लाइ उत्प्रेरित गर्नुभयो ।विशिष्ट अतिथि न्यायाधिश राजेशकुमार कटुवालले स्थापना दिवश ले दक्ष परिपक्व कानुन व्यबसायी उत्पादनमा सार्थक भूमिका निर्बाह गर्न सकोस भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
कानुन व्यवसायी परिषद् को पृष्टभूमी सहित वर्तमान परिवेशको बारेमा बरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले प्रकाश पार्नु भएको थियो ।
तनहु बारकी अध्यक्ष सरीता थापा भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव माधव घिमिरेले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष विष्णु भक्त सिग्देलले गर्नु भएको थियो ।