दमौली/नेपाल टे«ड युनियन कांग्रेस तनहुँले जिल्लाका सबै स्थानीय निकायमा संगठन विस्तार गरेसंगै आफ्नो पहिलो जिल्ला परिषद सम्पन्न गरेको छ ।
परिषद्को साउन ११ गते उद्घाटन गर्दै प्रमुख अतिथी कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व मन्त्री शंकर भण्डारीले मजदुरको हक हित र वृत्ति विकासमा आगामी दिनमा आफ्नो निरन्तर सहयोग रहने बताए । मजदुरहरु पार्टी नेतृत्वका पुग्ने वातावरण यस पटक बन्ने उल्लेख गर्दै भण्डारीले राष्ट्रिय अखण्डता कायम राख्न पनि कांग्रेस एक हुन जरुरी रहेको बताए । आफुले गुटको राजनीतिमा विश्वास नगर्ने उल्लखे गर्दै भण्डारीले संगठित, अुनशासित र एकताबद्ध कांग्रेस आफ्नो चाहना भएको बताए । व्यक्ति भन्दा संस्था ठूलो भएकाले नेपाली कांग्रेस नामको संस्था सदृढ बनाउन आफु आग्रह पूर्वाग्रह भन्दा माथि उठेर कामगर्न तयार रहेको उनको कथन थियो ।
मानवोचित पद्धतिबाट मात्र उत्पादन बढाउन सकिने निष्कर्षमा विश्व पुगेको भन्दै नेपाली कांग्रेस तनहँका सभापति एवं व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले पुरस्कार, बढुवाको व्यवस्था, सुरक्षाको ग्यारेण्टी, आरामको समय तथा मनोरञ्जनको व्यवस्था हुन सक्दा मात्र मजदुरले उत्पादन कार्यमा दत्तचित्त भएर काम गर्न सक्ने बताए । न्यौपानेको कथन थियो , ट्रेड युनियनले फरकफरक क्षेत्रमा रहेका मजदुरहरुलाई उनीहरुको हित रक्षाका लागि एकतित्र गर्न सकेको छ र यो लोकतन्त्रमा मात्र सम्भव हुन्छ ।
कार्यवाहक सभापति जितप्रकाश आलेले मजदुरको हित लोकतन्त्रका मात्र हुने बताए । प्रदेश सभाका सदस्य दोवाटे विकले ट्रेड युनियन कांग्रेसले रिक्सा चलाउने र सय किलोका भारी उठाउने मजदुरलाई पनि संगठित गर्दै उनीहरुको हित रक्षाका काम गर्नु आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस व्यास नगरका सभापति एवं जिल्ला समन्वय समिति तनहँुका प्रमुख शान्तिरमण वाग्ले, नेपाल ट्रेड युिनयन कांग्रेसकी केन्द्रीय सदस्यद्वय रसमाया गुरुङ तथा रमेशचन्द्र हड्खले, नेपाली कांग्रेस तनहुँका प्रवक्ता महेश्वर भट्टराई, व्यानपाका प्रथम मेयर ताराप्रसाद श्रेष्ठ,नेपाल टे«ड युनियन कांग्रेस कास्कीका सभापति विजय भण्डारी, नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष कमलभक्त पोख्रेल, नेपाल टे«ड युनियन कांग्रेस भानु नपाका सभापति कृष्णमान श्रेष्ठ र व्यासका सभापति कृष्णचन्द्र पाण्डेले बोल्दै ट्रेड युनियनहरुले श्रमिकलाई रैतिबाट नागरिक बनाकएको, श्रमको सम्मान गर्न सक्दामात्र राष्ट्रको समृद्धि सम्भव हुने तथा मर्दा–पर्दा सहयोग गर्दा संगठन पनि बन्ने र संस्कार पनि बच्छ भन्ने जननायक बीपी कोइरालको कथनलाई आत्मसात गरेर संगठन निर्माणका लागि पर्नु पर्ने उल्लेख गरे ।
टे«ड युनियन कांग्रेस तनहुँका सभापति सूर्यचन्द्र हड्खलेको सभापतित्वमा आयोजित कार्यक्रममा उपाध्यक्ष कमला काफ्लेले अतिथिको स्वागत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन सचिव हरिभक्त सुवेदीले गरेका थिए ।