दमौली/व्यास नगरपालिकाको वडा नं. ४ र ५ जोड्ने पृथ्वीराजमार्ग अन्तर्गतको मादी नदी पुलबाट पिकअप जीप खस्दा त्यसमा सवार पाँच जना मध्ये तीन जनाको घटनास्थलमै मृत्यू भएको छ ।

बलेरो पीकअप जीपले २०८२ जेठ १० गते राती ११ः३० बजेको समयमा व्यास–३ बीस घरेबाट चापाघाट तर्फ जाने क्रममा ग २ च ५७६० नं को सवारी दुर्घटना हुन पुगेको थियो ।
दुर्घटनामा पाँच जनामध्ये चालक र चालकको साथमा गएका धिरज रौनियारको जीवन सुरक्षित देखिएको छ भने व्यास–५ पाटन घरभएका बर्ष २८ का प्रविन आले, बर्ष २२ का कुसल थापा र बस्ने बर्ष २० का कुमार आलेको घटनास्थलमै मृत्यु भएको छ ।