दमौली/नेपाल अङग्रेजी भाषा शिक्षक संगठन (नेल्टा) तनहुँले शनिबार जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको थियो ।
दमौली स्थित डिएफएस बोर्डिङ स्कूलको सभाकक्षमा आयोजित सो प्रगियोगिताको विषय ‘शिक्षामा सामाजिक सञ्चार माध्यमः अवसर र चुनौति’ रहेको थियो । प्रतियोगितामा तनहुँका व्यास नगरपालिका, भानु नगरपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिकाबाट विभिन्न २१ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो । कक्षा ९ र १० मा अध्ययनरत् २१ जना विद्यार्थीहरुले प्रतियोगितामा भाग लिएका थिए ।
प्रतियोगिताको नतिजा ट्रिपल ब्लाइन्ड समीक्षा प्रक्रिया अपनाएर एक हप्ता भित्र घोषणा गर्ने शाखाका अध्यक्ष डा. कंडेलले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई क्रमशः ३ हजार, २ हजार र १ हजार नगद पुरस्कारका साथै प्रमाणपत्र प्रदान गरिने संस्थाले जनाएको छ । साथै, प्रतियोगितामा छानिएका उत्कृष्ट तीन विद्यार्थीले नेल्टाद्धारा पुस महिनामा पोखरामा आयोजना हुने गण्डकी प्रदेश स्तरीय निबन्ध लेखन प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर पाउने बताइएको छ ।
शाखाका पूर्व अध्यक्ष एवं प्रमुख अतिथि चक्रबहादुर अधिकारीले उद्घाटन गरेको सो कार्यक्रमको सभापतित्व शाखाका अध्यक्ष डा. बसन्त कंडेलले गरेका थिए । कार्यक्रममा विशेष अतिथि नेल्टा तनहुँका पूर्व अध्यक्ष रामचन्द्र पोखरेलले नेल्टा तनहुँको गतिविधिहरु जिल्लामा अंग्रेजी शिक्षाको विकासका लागि निकै फलदायी भएको बताए ।
शाखाका उपाध्यक्ष प्रकाश खड्काले स्वागत गरेको सो कार्यक्रमको सञ्चालन संस्थाका सचिव तीर्थराज परियारले गरेका थिए भने शाखाका सह–सचिव तीर्थराज रानाभाटले निवन्ध लेखन प्रतियोगिताका नियमहरुका बारेमा प्रष्ट्याएका थिए ।
कार्यक्रममा शाखाका पदाधिकारीहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक र प्रतियोगी विद्यार्थीहरको सहभागिता रहेको थियो ।
जिल्ला स्तरीय निवन्ध लेखन प्रतियोगिता
previous post