दमौली/गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालय र प्राविधिक कार्यालयबाट तनहुँको दमौलीमा जेन जी आन्दोलनको क्रममा भाद्र २४ गते जलेका सरकारी सम्पत्तिको भग्नावशेषको अवलोकन भएको छ ।

बुधबार मुख्यमन्त्री सुरेन्द्र पाण्डे सहितको टोलीले अवलोकन गरेको थियो भने मंगलबार प्रदेशको प्राविधिक कार्यालयको प्राविधिक टोली सहितको स्थानीय प्राविधिक टोलीले अबलोकन गरेको थियो । यो अवलोकन पछि भवनको स्थायित्वको थप अनुसन्धान गर्ने टोलीले गरिसकेपछि भवनको अवस्थाको निक्र्योल हुने बताइएको
छ । सो भवन भित्रै बसेर काम गर्ने कि त्रिपाल राखेर बाहिर बसेर काम गर्ने राय प्राविधिक टोलीले दिने बताइएको छ । अवलोकनका क्रममा विशेष गरी जिल्ला प्रशासन कार्यालय तनहुँको भवन, तनहुँ जिल्ला अदालतको भवन र सरकारी वकिलको कार्यालयको भवन र जलेका भौतिक सम्पत्तीको अवलोकन गरिएको थियो ।