दमौली/भारतीय पर्यटक बोकेको बस आँबुखैरेनीमा दुर्घटना हुँदा २७ जनाको निधन भएको घटना सेलाउन नपाउँदै फेरी बुधबार एकै घटनास्थलमा एकैचोटी छ सवारी साधन ठोक्किने गरी सवारी दुर्घटना भएको छ ।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा बुधबार दिउँसो तीन बजे छ वटा सवारी साधन ठक्कर खाँदा चार जना घाईते भएका छन् ।
दमौलीबाट डुम्रे तर्फ जाँदै गरेको ना ५ ख २०३४ नं. को बसको ब्रेक फेल हुँदा छ वटा सवारी साधन ठक्कर खान पुगेको प्रहरी स्रोतको दावी छ । ग ३ ख १३९० न.को ट्रक, ग ३ च ८३९० न.को बलेरो, ग १ ख ९५६१ न.को बस, ना १ च ८४३४ न.को बलेरो, ना २ ख ३७८९ न.को हाइस ठक्कर दिंदा सो दुर्घटना भएको थियो । सो घटनामा घाईते हुनेहरुमा ग ३ च ८३९० न.को बलेरो चालक मकवानपुर जिल्लाको थाहा नगरपालिका–७ बस्ने वर्ष २४ को नवराज गोले, वलेरोमै सवारहुनेहरु बाग्लुङको काठेखोला गाउँपालिका–५ बस्ने वर्ष ५९ को देवीलाल कँडेल र सोही ठाउँमा बस्नेहरु वर्ष ४९ की बिमला कडेल र ना १ च ८४३४ न.को बलेरोको सहचालक रौतहटको गुजुरा नगरपालिका–५ बस्ने वर्ष ४६ को निरतारिख बाबु घाईते भएका छन् ।
छ सवारी साधनमा ठक्कर
previous post