व्यास नगरपालिका–१० बैरेनी स्थित श्री चण्डिदेवी राष्ट्रिय मा.वि.का एसइइ व्याच २०७६ का विद्यार्थीहरुलाई स्वागत एवं बधाई कार्यक्रम सम्पन्न गरिएको छ ।
विश्वभरी फैलिएको महामारी कोभिड–१९ ले गर्दा सो स्वागत एवं बधाई कार्यक्रम बिलम्ब भएको विद्यालय श्रोतले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम ढुंगानाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा शिक्षक प्रतिनिधि तोया गिरीले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा बोल्दै ढुंगानाले विद्यालयमा हाल उपलब्ध भएका विषय यहि अध्ययन गर्दा सबैको हित हुने भन्दै विद्यार्थीहरुको उज्वल भविष्यको कामना गर्नुभएको थियो । त्यसैगरी शिक्षक अभिभावक संघका अध्यक्ष भिम प्रसाद ढकालले विद्यार्थीहरुको पढाई केहि समय अबरुद्ध रहेकाले मेहनत गरी पढ्नु पर्ने कुरा बताउनु भएको थियो ।
विद्यालयका प्र्रधानअध्यापक रामचन्द्र पोख्रेलले कोभिड–१९ का कारणले गर्दा कक्षा–११ लगायतका अन्य पठन पाठन प्रकृयामा अवरोध भएको भन्दै विद्यार्थीले यस वर्ष देखि पढ्न पाउने नपाउने विषयको बारेमा जानकारी दिनु भएको थियो । सम्पूर्ण शिक्षकहरुका तर्फबाट बोल्दै शिक्षिका लक्ष्मी पौडेलले धेरै समय पछि विद्यार्थीहरुसंग साक्षात्कार गर्न पाउँदा अत्यन्तै खुशी लागेको कुरा व्यक्त गर्नुभएको थियो ।
विद्यार्थीहरुका तर्फबाट आफुलाई ३.९ जिपिए सम्म ल्याउन सफल बनाउने विद्यालयलाई आफुले छोडेर कतै नजाने कुरा बताएकी थिइन ।
कार्यक्रममा विद्यार्थीहरुलाई फूलमाला, अबिरले स्वागत गर्दै ई–सर्टिफिकेट पनि वितरण गरिएको थियो ।
उक्त स्वागत एवं बधाई कार्यक्रमको संचालन कक्षा १० का कक्षा शिक्षक रामदत्त पौडेलले गर्नु भएको कुरा शिक्षक यम प्रसाद सापकोटले बताए ।
चण्डिदेवीका विद्यार्थीलाई स्वागत एवं बधाई
previous post