दमौली/नेपालीहरुले आफैले उत्पादन गरेको जडिबुटी जन्य मर्चाको प्रयोगबाट बनाईने जाँड रक्सीलाइ गण्डकी प्रदेश सभाले वैधानिकता दिएपछि दर्ता र गुणस्तरको मापन प्रक्रिया अगाडि बढ्ने भएको छ । गण्डकी प्रदेशले बनाएको घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्ने ऐनले साठी लिटर भन्दा बढी उत्पादन गर्ने उत्पादकले अब घरेलु उत्पादन उद्योगको रुपमा दर्ता गरेर मात्रै उत्पादन गर्नुपर्ने भएको छ । नेपाली जडिबुटीको मिश्रणबाट बनाईको बनपस्पतिजन्य औषधीको मिश्रणबाट उत्पादन गरिएको विदेशी मदिराको तुलनामा बढी स्वास्थ्यबर्धक र गुणस्तरीय भएको उपभोक्ताहरुको अनुभवपछि नेपाली घरेलु मदिरालाई वैधानिकता दिनुपर्ने माग जोडदार रुपमा उठेपछि गण्डकी प्रदेशले कानुन नै बनाएर वैधानिकता दिनुको साथै नियमनको प्रक्रिया अगाडि बढाएको हो ।

नेपालको विभिन्न जातीय समुदाय र व्यक्तिले आफ्नो परम्परा, संस्कार र संस्कृतिका रूपमा घरेलु प्रयोजनका लागि ६० लिटर मात्र रक्सी र जाँड बनाउन छुट दिने व्यवस्था गरेको छ भने साठी लिटर भन्दा बढी उत्पादकले उद्योगको रुपमा दर्ता गरेर वैधानिक रुपमा उत्पादन शुरु गर्नुपर्ने व्यवस्था मिलाएको छ । घरेलु मदिराको उत्पादनलाई वैधानीकता प्रदान गरेको गण्डकी प्रदेश सरकारले अब दर्ता, उद्योग सञ्चालन गर्ने इजाजत पत्र, उद्योगलाई नविकरण र दण्ड प्रक्रियालाई कानुन बनाएर दिर्घकालिन व्यवस्थापन गर्नुपर्ने दायित्व गण्डकी प्रदेश सरकारलाई थपिएको छ ।
उपभोक्ताको मन जित्न सफल घरेलु मदिरा बनाउँदा नेपालमै उत्पादन हुने कोदो, मकै, चामल, फापर, जौ, गहुँ, स्याउ, सुन्तला, ऐँसेलु, चुत्रो लगायत फलफूल र अन्न प्रयोग गर्दछन् । उद्योगका रुपमा सञ्चालन गर्ने उत्पादकले मदिराको गुणस्तर, उत्पादन मिति र प्रयोग गर्न सकिने अवधि, अधिकतम मूल्य लगायत तोक्नुपर्ने लगायत गुणस्तर कायम सके नेपाली घरेलु उत्पादनले विश्व बजारमा माग बढ्ने उपभोक्ताको विश्वास रहेको छ ।