दमौली/व्यास नगरपालिकाले विगतका बर्षमा जस्तै यस बर्ष पनि व्यास नगर क्षेत्रमा सार्वजनिक विदाको घोषणा गरेको छ ।
व्यास ऋषिको नामबाट नगरको नाम नामाकरण गरिएको व्यास नगरले नगरपालिकाले व्यास अवतरण (गुरु पूर्णिमा) का अवसरमा सोमबार सार्वजनिक बिदा दिएको थियो । नगरपालिकाले विगत वर्ष झै यस वर्ष पनि विविध कार्यक्रमका साथ व्यास अवतरण दिवस मनाएको थियो । गुरु पूर्णिमाका अवसरमा कार्यालय परिसरमा व्यास अवतरण दिवस मनाउने कार्यक्रम रहेको व्यास नगरपालिकाको सूचना प्रविधि शाखाले जनाएको छ । सोमबार बिहान ६ ः३० बजे नगरपालिका परिसरमा विविध कार्यक्रम गरि व्यास अवतरण मनाईने नगरप्रमुख वैकुण्ठ न्यौपानेले पुष्टि गर्नुभएको थियो । सोमबार नगरपालिका तथा नगरपालिका अन्तर्गतका कार्यालय, सामुदायिक एवं संस्थागत शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक सेवा बाहेक) र नगरपालिका मातहतका सङ्घसंस्था बन्द रहने प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए ।
गुरु पूर्णिमा व्यासको विदा
previous post