
दमौली/गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मंगलबार दमौलीमा एकै दिन दुई शिलान्यास एक उद्घाटन पछि एउटै मञ्चबाट औपचारिक सम्बोधन गरेका छन् ।
मुख्यमन्त्री एवं प्रमुख अतिथि कृष्णचन्द्र नेपालीले व्यास क्षेत्र शिवपाञ्चायन बिकाश कोषले गुरूयोजना अनुसार निर्माण गर्न लागेको ४ वेद १८ पुराणका रचयिता भगवान वेदव्यासको १०८ फिट अग्लो पूर्णकदको विराट् मूर्ति निर्माण कार्यको शिलान्यास गरेका थिए ।
कोषका अध्यक्ष अशोक कुमार श्रेष्ठको सभापतित्वमा औपचारिक कार्यक्रम हुनु अगाडि मुख्यमन्त्री पोखरेलले गोवर्धन मेमोरिएल आँखा उपचार केन्द्रको उद्घाटन र मोडेल भेटेनरी अस्पताल भवनको शिलान्यास गरेका थिए । कोषका सचिव ऋषिराम ढुङ्गानाले कार्यक्रम चलाएका थिए ।