दमौली/ निर्वाचन नजिकिँदै गर्दा सत्तारुढ गठबन्धन दलका नेताहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल तथा माधबकुमार नेपालले संयुक्त अपिल जारी गर्दै संविधानको रक्षा, स्थिरता र समृद्धिकालागि गठबन्धनका उम्मेदबारलाई मत दिन आह्वान गरेका छन् ।
मंगलबार जारी विज्ञप्तीमा नेपालको संविधान २०७२ परिकल्पना गरे अनुरुप राष्ट्रियता, प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, समाजवाद मानवअधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन शक्ति पृथकीकरणको सिद्धान्त र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्न वर्तमान चुनावी गठवन्धनका दलहरु प्रतिवद्ध रहेको उल्लेख गरिएको छ । विज्ञप्तीमा अगाडि भनिएको छ, “जनताको संघर्ष र वलिदानको परिणामस्वरुप स्थापना भएको सघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने मूल दस्तावेजमाथि अधिनायकवादी आक्रमणको खतरा जीवित रहेको परिस्थितिमा संविधानमाथिको प्रतिगमनको खतरा रहे सम्म गठबन्धनको औचित्य कायमै रहनेछ ।”
गत वैशाखमा सम्पन्न स्थानीय निकायको निर्वाचन भयरहित वातावरणमा निश्पक्ष रुपमा सफलता पूर्वक सम्पन्न भएको भन्दै विज्ञप्तीमा गठबन्धन सरकार मंसिर ४ मा हुने आम निर्वाचन पनि भयरहित र निष्पक्ष रुपमा सम्पन्न गर्न प्रतिवद्ध रहेको उल्लेख गरिएको
छ ।
कृषिको आधुनिकिकरण, उत्पादन वृद्धि एवं बजारीकरण, पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन, द्रुत औद्योगीकरण, व्यापार घाटा न्यूनीकरण गर्न आयात प्रतिस्थापन एवम् निर्यात प्रवद्र्धन र नेपालको तुलनात्मक लाभ एवम् प्रचुर सम्भावना भएका जलविद्युत जस्ता क्षेत्रहरुको विकास अहिलेको आवश्यकता रहेको भन्दै विज्ञप्तीमा यसका लागि आवश्यक पहल कदमी लिइने उल्लेख छ ।
मुलुकको तत्कालको प्राथमिकता यातायात पूर्वाधार, सूचना प्रविधि र उर्जा विकास तथा अन्य आर्थिक गतिविधिहरुबाट मुलुकलाई लाभ दिलाउनु रहेको भन्दै विज्ञप्तीमा भनिएको छ, संघ, प्रदेश र स्थानीय सरकारको सक्रिय पहल र उचित सहकार्यमा अत्यावश्यकीय पूर्वाधारहरुको विकास नगरी जनताको समृद्धिको आकांक्षाले आकार ग्रहण नगर्न उल्लेख गरिएको छ । गठबन्धनको भावि सरकारले स्वदेशमा उत्पादित विद्युतको निर्यात बढाउँदै पेट्रोलियम पदार्थको आयात घटाई भयावह बन्दै गएको व्यापार घाटालाई कम गर्न समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।
अन्य थुप्रै विषय समिटिएको विज्ञप्तीको अन्त्यमा लोकतन्त्र, संविधान र विधिको शासनमार्फत सुशासन र समृद्धिको राष्ट्रिय अभिलाष परिपूर्ति गर्नका लागि गठबन्धनको आवश्यकता मनन गर्न र आगामी निर्वाचनमा गठबन्धनलाई अत्याधिक बहुमतका साथ विजयी गराउन अपिल गरिएको छ ।
गठबन्धन दलहरुको संयुक्त अपिल
संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि हामीलाई मत
previous post