गजौंडे/व्यास नगरपालिका वडा नं. ९ ले वडा वासीहरुका लागि ४८ थान टनेल वितरण गरेको त्यहाँबाट बाबुराम खनालले बताएका छन् ।
बुधबार वडाध्यक्ष सुरेश थापाको उपस्थितिमा उक्त टनेल वितरण गरिएको हो । वडाका वासिन्दाले आफूलाई आवश्यक पर्ने तरकारी आफै उत्पादन गर्न सक्षम होउन, साथै बेचविखन गरी आयआर्जन समेत गर्न सकून भन्ने उद्देश्यले टनेल वितरण गरिएको वडाध्यक्ष थापाले बताए । वडाले विषादी छर्ने स्प्रे मेसिन समेत वितरण गरेको छ । कूल मूल्य दुई लाख पचास हजार पर्ने स्प्रे मेसिन तथा टनेल वडामा रहेका १४ वटा टोल विकास संस्थालाई १÷१ वटा पर्ने गरी वितरण गरिएको बताईएको छ ।