डिसेम्बर २५ विश्वभरमा हर्ष उल्लास र खुसीको दिन । इसाई तथा कतिपय गैर इसाइहरुले समेत हर्ष र खुसी साथ घर,छिमेक, समाज, गिर्जाघर आदिमा सजावट तथा विषेश सरसफाई गरी वरिपरी झिलिमिली बत्ती बाली, रङ्गिचङ्गी ढाँचाका कपडा र पहिरन लगाई, मिठा मिठा परिकारहरु खाँदै हाँसी खुसी गर्दै केक काटेर मनाइन्छ । विशेष गरी क्रिसमसको शाब्दिक अर्थ, mass in Christs dayअर्थात क्रिष्टको जन्मदिनमा मानिसहरुको जमघट भन्ने हुन्छ । यो कहिले देखि मनाइयो भनेर इतिहासलाई खोताल्दा धर्मशास्त्र वाइबलमा मिति गते र बार नतोकेता पनि बाइबलको मितिको पुस्तक एक अध्यायको १८ पद देखि २ अध्याय ११ पदसम्म र लुकाको पुस्तक १ अध्यायको २६ देखि २ अध्याय ७ पदसम्म पाउन सक्छौं । जसमा ज्योतिषीहरु, गोठालाहरु र स्वर्गदूतहरु ख्रिष्टको जन्ममा हर्ष र खुसी साथ रमाउँदै र परमेश्वरको महिमा गाउँदै गरेको पाउँछौं । त्यस पश्चात अंग्रेजी पात्रोको BC समाप्त भएर AD को सुरुवात भएको पाइन्छ । जसमा BC को अर्थ Before Christ–ख्रिष्ट आउनु अघि र AD को अर्थ aano donimi– in the year of the lord or the year Jesus was born.। अर्थात परमेश्वरको जन्मको वर्ष वा यशु ख्रिष्टको जन्मको वर्षँ ।
आज हामी ख्रीष्टमस भन्ने बित्तिकै ख्र्रीष्टमस केक ,झिलिमिलि बत्ती तथा उपहारहरु झण्डयाइएको ख्रीष्टमस ट्री , सेतो दाह्री जँगा भएको रातो ज्याकेट लगाएको सान्ताक्लाउज ,जवान जवानी ,केटा–केटी,वुढा वुढीहरु घर–घरमा डुल्दै परमेश्वरको जनको गित गाउँदै र उपहारहरु साटासाट गर्दै ख्रीष्टमस क्यारोल खेलको, गिर्जाघर (चर्च) हरुमा जम्मा भई घुँडा टेकेर व्यक्तिगत तथा सामुहिक रुपमा प्रार्थना गर्दै उपहारहरु आदान प्रदान गर्दैै खुसी र हर्षले अंकमाल गरेको जस्ता कुरा मात्र सोच्दछौँ सम्झना गदछौँ । वास्तवमा ख्रीष्टमसको अर्थ पनि मात्र छैन । यसको भित्री तथा आध्यात्मिक अर्थ पनि रहेको छ । आजभाली संसारमा जहाँतही पत्र पत्रिबा होस् , तख रेडियो होस् ,u-tube होस् हरेक समाचारमा दुद्यटना , झगडा, हत्या, हिंसा लुटपाट, भ्रष्टाचार,वम विष्फोटन ,श्रीमान श्रीमती विच अविश्वास र झगडा आमा वावा छोरा छोरारी विचको सम्वन्ध विग्रिएको, इश्वरहीनता अराजकता, अधार्मिकता जस्ता खवर सुन्न,पढ्र्रन र हेर्न पाइन्छ । तर के परवेश्वरले संसारलाई यस्तो अवस्थाको लागी बनाउनु भएको हो ? परमेश्वरले संसारलाई यस्तो पापमा डुबेके संसार बनाउनु भएको होइन । पवित्र धर्मशास्त्र बाइबलको पहिलो पुस्तक उत्पीत्त १ अध्यायको सुरुदेखी ३१ पद सम्म पाउँछौ कि परमेश्वरले यस संसारलाई सृष्ठी गर्नु भयो, यावत थोकहरु बनाउनु भयो तथा २८ पदमा पाउँदछौं कि परमेश्वरले मानिसलाई बनाएर आशिष दिनु भयो“फुल्दै फल्दै र वृद्धिहुँदै पृथ्वीमा भरिँदै र त्यसमा भएका चिजलाई वशमा गर्दै जाओ ” भन्नु भयो । र सोही उत्पत्ति ३ः१ मा पाउँदछौं कि ती आफुहरुले बनाउनु भएका सबै हेर्नु भयो र सबै राम्रो पाउनु भयो अर्थात सबै कुरा असल थिए । तर मानिसमा दियाबलस ( शैतान ) ले पापका बीउहरु हालिदियो र मानिसमा दुःख–कष्ट, निशासा, लोभ–लालच, व्यभिचार, अविश्वास, स्वार्थ, वैमनश्य, घृणा, दुव्र्यशनी, जुवा–तास जस्ता कुराहरु उब्जियो । मानिसहरुमा चोरी चकारी, झुुठ, बेइमानी दुराचार, भ्रष्टाचारको विकास भयो र मानिस र परमेश्वर बीचको सम्बन्ध छुट्यो । मानिसहरु परमेश्वरबाट टाढा भए, मानिसहरमा निराशा छायो, दया, माया, ममता र प्रेम सेलाएर गयो । लडाईं, झगडा, मारकाट, हतया, हिंसा र अपराध जस्ता पापै पापले सारा संसार भरियो । यी कुराहरुले गर्दा परमेश्वर मानिसहरुको बीचमा आउन सक्नु भएन र मानिसले उहाँलाइै इन्कार गर्दै रह्यो तर पनि परमेश्वरलाई आफ्नो उत्तम सृष्टिको माया थियो र उहा हामी मानव जातिलाई अति प्रेम गर्नु हुन्छ र सोह िअनन्त प्रमेको खातिर प्रभु यस संसारमा जन्म लिनुभयो र मानिसलाई पापको मूल्य तिरिदिन भनि उहाँ यस संसारमा आउनु भयो ।
बाइबलको पुस्तक युहन्न ३ः१६ र १७ मा पाउँछौं कि – “१६ किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नु भयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिुनभयो, ताकि उहाँ माथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस् । ”१७ “ किनकी परमेश्वरले संसारलाई दोषी ठह¥याउन भनि पुत्रलाई संसारमा पठाउनु भएन तर संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनु भयो ।”तसर्थ परमेश्वर मानिसलाई पापबाट दोष लागाउन र दण्ड दिन आउनु भएन तर पापबाट छुट्कारा दिन र मानिस र परमेश्वरबीचको टुटेको सम्बन्ध पुनः जोड्नको लागि यस धरतीमा मानिसको रुपमा जन्मनु भयो । कयौं हामी मानिसहरु यो भ्रममा छौं कि पुत्र विना स्वर्ग जान र मुक्ति पाउन सक्दैनौं भन्दै ६÷७ जना छोरी छोरी हुँदा पनि अझै छोरा जन्माउने भन्छौं र नभएमा अर्काै श्रीमती ल्याएर भए पनि छोरा पाउने कोशिष गर्छाै । हो, बाइबलले पनि पुत्र नै चाहिन्छ भनेर छोरा खोजियो तर स्वर्ग जाने र पापबाट मोक्ष प्राप्त गर्ने हाम्रो कोख र गर्भबाट जन्मेको पुत्रबाट होइन । त्यो त परमेश्वरको पुत्र यशुख्रिष्टद्वारा मात्र हो भनेर प्रष्ट भन्दछ । जो स्वर्गको त्यो वैभवलाई त्यागेर कन्या मरियमको कोखबाट जन्मनु भयो र हाम्रो लागि बलिदान भएर हाम्रो पापको मूल्य आफ्नै रगत र प्राण दिएर चुकाउनु भयो र मानिस र परमेश्वरको सम्बन्ध जोड्नु भयो ।
उहाँको जन्म हुनु हामी धार्मिकता र प्रभुबाट टाढा भएर हराएकाहरुलाई खोज्नु थियो । लुका १९ः १० मा हामी पाउँछौं, किनभने मानिसको पुत्र हराएकाहरुलाई खोज्न र बचाउन आएको हो । हिब्रु ९ः २८ को प्रथम वाक्यले भन्छ, त्यसरी ख्रिष्टपनि धेरै जनाका पाप बोक्नलाई एकैपल्ट बलीहुनु भयो । पहिलो तिमोथी १ः १५ मा बीचको वाक्यले भन्छ कि पापीहरुलाई उद्धार गर्ने यशुख्रिष्ट संसारमा आउनु भयो र युहन्ना १ः २९ अनुसार एउटा बलीको थुमाको रुपमा उहाँ यस संसारमा जन्मनु भयो । यही कुरोको पुष्टी र महत्व यस डिसेम्बर २५मा मानिने ख्रिष्टमसले राख्ने गर्दछ । जसमा यशुख्रिष्ट स्वयम नै हामी समस्त मानव जातिको लागि एउटा अमूल्य उपहारको रुपमा आउनु भयो । उहाँ नै अमूल्य र बहुमूल्य उपहार हुनुहुन्छ । तसर्थ बाइबलको युहन्ना ३ः १६ ले प्रष्ट भन्दछ कि किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नु भयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँ माथि विश्वास गर्ने कोही पनि नाश नहोस् । तर त्यसैले अनन्त जीवन पाओस् र आज संसारका आधाभन्दा मानिसहरु यशुको जन्मको खुसियालीमा धुमधामसंग हर्षका साथ र प्रेमका साथ क्रिसमस मनाउने गर्दछन् ।