टुहुरेपसल/मानसिक विरामी अवस्थाका आशिष परियारको खुकुरी प्रहारबाट माघ २ गते एक व्यक्तिको हत्या भएको छ ।
मानसिक अस्वस्थ देखिएपछि परिवारले झारफुकका लागि भानु न.पा. वडा नं. ६ को टुहुरे पसल स्थित एक जान्नेका लगेका थिए । त्यहाबाट भाग्न सफल भएका व्यास–८ कोइरेनीका आशिष परियार दुई मिटर जति परको सन्तबहादुर गुरुङ्गको घरभित्र पसेर खुकुरी लिएर बाहिर निस्केका थिए । आफ्नो घरबाट ठूलो खुकुरी लिएर बाहिर निस्केको देखेपछि पूर्व सैनिक सन्तबहादुरले खुकुरी फिर्ता गर्न भनेका थिए । आशिषले फिर्ता नदिएपछि आशिषलाई तर्साउन खुँडा लिएर खुकुरी फिर्ता लिन अगाडि बढ्दा आशिषले सन्तबहादुरको घाँटीमै खुकुरीले प्रहार गरेका थिए ।
आशिषले सन्तबहादुर गुरुङ्गको हत्या गरेपछिको कोलाहलमा प्रहरीले आशिषबाट खुकुरी छुटाइ नियन्त्रणमा लिन निक्कै कठिन भएको थियो । ठूलो समूह देखेपछि आशिष परियार भाग्दै टुहुरे पसलकै अर्को एक घरमा पसेपछि स्थानीयले प्रहरी आएको छ । अब तपाइले खुकुरी फालेर आत्मसमर्पण नगरे गोली चलाउन सक्छ । तपाइको ज्यान नै जान पनि सक्छ भनेपछि आशिषले खुकुरी फालेपछि प्रहरीले नियन्त्रणमा लिन सहज भएको प्रहरी स्रोतले बतायो । प्रहरी नियन्त्रणमा पुगेपछि शान्त अवस्थामा देखिएका आशिष परियारको मानसिक स्वास्थ्यको बारेमा जाँचको आवश्यकता महसुस भएमा जाँच गराउने प्रहरी स्रोतले बताएको छ । मंगलबार नै अदालतमा उपस्थित गराइ अनुसन्धानको लागि म्याद थप भएको तनहुँ जिल्ला अदालतले जनाएको छ । झारफुक गर्ने व्यक्तिसंग प्रहरीले सोधपुछ अनुसन्धान गरिरहेको बुझिएको छ । तर झारफुक गर्ने व्यक्तिको नाम भने खुलेको छैन ।
खुकुरी प्रहारबाट व्यक्तिको हत्या
previous post