परापूर्व कालमा विभिन्न भोज–भतेर वा व्यक्तिगत रुपमा पाहुना जाँदा खानाको व्यवस्थापन कसरी हुन्थ्यो रु भन्ने विषयमा मैले यहाँ कोट्याउन आवश्यक नठानेता पनि आफूले आजसम्म व्यहोरेको थोरबहुत अनुभव एवम् समसामयीक विषय र परिस्थितिलाई सम्झेर लेख्न मन लाग्यो । पाहुना भई इष्टूमित्रकोमा जाँदा मान गरेर हात धोइदिने, हात सुक्खा गराउनको लागि रुमालले पुछिदिने चलन सामान्य नै थियो । अझै जुवाइ, चेला वा भाञ्जाभाञ्जी नै परेछन् भने त कोपरामाथि खुट्टा राख्न लगाइ धोइदिने, सेतो पाटे धोती फेराई हात समाती भान्छामा लिएर जानी चलन थियो । भान्छामा पुग्ने बेलामा भान्छे महिलाले एउटा अम्खोरामा पानी लिएर उभिएकी हुन्थिन् । उनले अम्खरामा लिएको पानी ढल्काएर पाहुनाको खप्टिएको हातमा राख्दिन्थिन् । सो पानी पाहुनाले मुखमा राखी अचाउँथे । पानी अचाइसकेपछि घुमाउरो वा चारपाटे पिर्कामा गएर टुक्रुक्क बस्ने चलन थियो । अनि पाहुना वा घरका ठूलाबडाले खाएर नभ्याउनज्जेल भान्छे महिला एक सुरले नचली–नबोलि उभिने चलन थियो । पाहुनासँग बोल्नै पर्ने भएमा अत्यन्त्य संयमित भएर थोरै शब्दमा आफ्नो कुरा राख्नुपर्ने चलन थियो । त्यतिमात्र होइन भान्छे महिलाले धोती वा मुजेत्रोको फुर्कोले टाउको ढाकिरहन पथ्र्यो ।
आज आएर यी सबै चलन वा प्रथा एकादेशको कथा भएको छ । कसैले यस बारेमा सुनाउँदा विश्वास पनि नलाग्ने भइसकेको छ । यस्तो समाज वा परिस्थितिबाट गुज्रेका हामी आजको अवस्थामा आउँदासम्म त व्यापक परिवर्तन भएको महसुस भइरहेको छ ।
भन्न मन लाग्छ – बाआमाको भान्छामा जाने अधिकार छोराछोरी, बुहारीलाई वा नाती नातिनीलाई हुँदैनथ्यो । बाआमाको भान्छामा उनीहरू जान नपाएकोमा गुनासो वा विद्रोह गर्दैनथे । कसैले दुःख मान्दैनथे । छोरा हुन वा छोरी सबैले यो प्रकृयालाई सहर्ष स्वीकार गर्दथे । त्यस बेलाको चलन त कतिसम्म असजिलो थियो भने दिशा पिसाब लागे पनि भान्छेले भान्छा छोड्न पाउदैनथे । त्यसैले उनीहरू पानी नपिइकन बस्थे । वास्तवमा यो एक प्रकारको सास्ती नै थियो । मलाई लाग्छ यसबाट भान्छेको व्यक्तिगत फाइदा भन्दा नोक्सान बढी व्येहोर्नु परिरहेको थियो ।
राजनैतीक उथल पुथल र विश्व समुदायसँग विविध सञ्चार माध्यमहरूको पहुचले गर्दा ती चलन आजका पिढीहरूलाई मन परेन । त्यसैले खास समुदाय वा मानिसँगको आफ्नो संस्कार, परम्परा र चलनमा व्यापक परिवर्तन
आयो । भान्छेहरूले आफूले खाने विभिन्न परिकारहरू पकाउन त खासै गाह्रो मानेन् । तर किन किन आफूले पकाएका विभिन्न प्रकारका परिकारहरू पस्केर पाहुनालाई दिन असजिलो माने । यसैकारणले गर्दा यसको ठाउँमा एक प्रकारको सिस्टम डेभलप भयो । यसै सिस्टमलाई ‘बफेट’ भनियो । आजकल जताततै विशेष कार्यक्रम लगायत भोजभतेर आदिमा यो सिस्टम सबैभन्दा लोकपृय बन्न पुगेको छ । बफेट सिस्टममा एकातिर सजिएका युवतीहरू मुस्कुराउँदै निमत्रित् पाहुनाहरूको तमासा हेर्ने र अर्कोतिर निमन्त्रितहरू स्वतस्फुर्त रूपमा खानाका परिकारहरू प्लेटमा राख्दै युवतीहरूको आँखामा आँखा मिसाउने चलन छ । यो सिस्टममा सबैको पहुच समान किसिमले हुन्छ । यो सिस्टममा कोही पनि सानो ठूलो, कालो गोरो, अग्लो होचो, महिला पुरुष भन्ने हुँदैन । त्यसैले त यसले विश्व बजारमा सर्वाधिक महत्व पाएको छ । र अझै यसको क्षेत्रले व्यापकता पाउँदै छ ।
‘बफेट सिस्टम’ सानो भोज होस् वा ठूलो जत्रोलाई पनि मिल्ने भएकोले लोकपृय बन्दै गएको छ । कति खानाले मेरो पेट भरिन्छ भनी अड्कल गर्न नजान्नेको लागि भने यो अलि खर्चिलो बनेको छ । त्यस्तै मानिसहरूको अगाडि उभिन लाजमान्ने, असक्त र जेष्ठ नागरिकहरुको लागि पनि यो सिस्टम केही असहज देखिन्छ । नत्र भने यो सिस्टमको आफ्नै महत्व र विशेष गुणले भरिपूर्ण छ ।
कतिपय समाजले आजसम्म पनि आफ्नो परम्परा धान्ने सवालमा विवाह होस् वा ब्रतबन्ध वा अन्य प्रकारका भोज भतेरहरूमा आफूहरूले पकाएको खाना सम्मान स्वरुप आफ्ना इष्टमित्रहरूलाई आफै पस्केर दिने चलन छ । यसरी पस्केर दिनु कतिपय सन्दर्भमा असहज हुन सक्ला तर आफ्नो संस्कारको हिसाबले आफ्ना इष्टमित्रहरूलाई आफ्नै हातले पस्केर दिनु सबैभन्दा उत्तम हुन्छ । यो भनेको आमन्त्रित अथवा आफन्तहरूको सम्मान, माया र एक प्रकारको कदर पनि हो । बफेट सिस्टममा ‘खाए खा, नखाए नखा’ भन्ने अवधारणाले प्रश्रय पाएको हुन्छ । यसमा माया, ममता, प्रेम, सद्भाव र सम्बन्धको मानवीय पक्ष पञ्छिएको हुन्छ । तपाईँ आफै विचार गर्नस् त ९ भात पकाइसकेपछि ठ्यास्स पर राखिदिएर ‘निकालेर खा’ भन्नु र दुई हातले पस्केर दिनुमा सम्मानको दृष्टिकोणले कति महत्व छ । हाम्रो परम्परा, संस्कार एवम् संस्कृतिमा सायद भात पकाएर पर राख्नु अनि ‘निकालेर खाउ’ भन्ने चलन छैन कि ? आज हामी यति विकसित भै सक्यौँ कि कसैको संस्कार, जात, धर्म र परम्परालाई नमान्ने भयौँ । ‘फलानो देशमा यस्तो गरेका थिए, हामीले पनि त्यस्तै गर्नुपर्छ’ भन्ने अवधारणामा सोहोरिन पुग्यौँ । कसैको प्रथा, संस्कार र परम्पराका विरुद्ध पौठेजोरी खेल्न पुग्यौँ । अरुको संस्कार र परम्पराको अगाडि होइन ९ ‘म त एस्तो हुँ । मलाई यस्तो चाहिन्छ । म तिम्रो परम्परा र संस्कारलाई चुनौति दिन्छु’ भन्नु कति लज्जास्पद स्वभाव हो । अझै हामी कसैको निम्तारो भएर जानु र निजको संस्कारलाई चुनौती दिदै दुवादस अथवा बहस गर्नु भनेको पक्कै पनि परम्पराको अस्मितामाथि धावा बोल्नु हो कि होइन रु सभामा बस्न अयोग्य मानिस सभामा हाजिर हुन हुँदैन । सभामा बस्ने मानिसको विशेष योग्यता र क्षमता हुनुपर्छ । जो कोही मानिस सभाको लागि उपयुक्त हुँदैनन् । यसका आफ्नै मान्यता, नियम र सीमाहरू हुन्छन् । ती सीमाहरूको ख्याल नगरेर सभामै चिच्याउन थालियो भने चिच्याउनेको हैसियत कस्तो रहेछ भनेर मुल्याङ्कन गरिन्छ । त्यसरी नै भोज भतेरमा पनि हामी सोह्रै आना सतर्क हुनु अनिवार्य हुन्छ ।
हामी उनका पाहुना हौँ । उनैका हामी निम्तारो पनि । जसले हामीलाई सम्मान गरी आत्मीय सम्झेर निमन्त्रणा वा निम्ता दिएको हुन्छ । तर हामीले त्यो सम्मानलाई भुलेर वा आफ्नै औकात बिर्सेर वेतालमा डम्फु फुट्ने गरी ठोक्न थाल्यौँ भने त्यसको घाटा सम्बन्धित समाजले व्यहोर्न पर्ला कि व्यक्तिले रु समाजसाश्त्रका अनुसार त हामी कसैले पनि कसैको संस्कारलाई ‘छि, नराम्रो’ भन्न पाइन्न वा ‘हुल जवरजस्त’ गर्न पाइदैन ।
धार्मिक हिसाबले पनि हाम्रो समाज विश्वको सबैभन्दा प्राचिन समाजमापर्छ । यो समाजको मूल्य मान्यता र अस्तित्व हिजो निर्माण भएको समाजको तुलनामा कैयो गुणा व्यवस्थित, मजबुत र विश्वव्यापि छ । दिन प्रतिदिन हामी यसलाई समय सापेक्ष बनाउँदै लगेका छौँ । हामी शब्दका हिसाबले सानो ठूलो हुम्ला तर व्यवहारिक हिसाबले अब हामीलाई त्यो स्वीकार्य छैन । आज हामी फराकिलो र चेतनशील बनिसकेका छौँ । आफ्नो घरमा पोकेको ढीडो काँचो भए पनि स्वादिष्ट सम्झने तर परैको घर पकाएको त्यै पिठोको ढिडोलाई कालो देख्ने हाम्रो प्रबृत्ति हामीमा रहिरहने हो भने मास्थिर फर्केर थुक्दा त्यो कहाँ पर्छ रु पक्कै पनि अनुमान लगाउन सकिन्छ ।
महाकवि लक्ष्मीप्रसाद देबकोटाले लेखेका छन् – मानिस ठूलो दिले हुन्छ जातले हुँदैन । समाजका कयौँ महा–मानवहरूको उक्ती र व्यवहार साथै जीवनचर्या पनि यस्तै छ । उनीहरूमा अर्काको परम्परा भत्काउने, लत्याउने र होच्याउने नभै परम्परालाई सम्मान गर्ने खालको छ । यसैलाई हामीले पनि सम्मान गर्नुपर्छ भन्ने सर्वव्यापि मान्यता छ । मैले अरुलाई मान–सम्मान गरेँ भने अरुले पनि मलाई त्यसै गर्छन् भन्ने सोचले हामी अगाडि बढ्ने तत्परता देखायौँ भने त्यो भन्दा महानता केही हुने छैन ।खाने संस्कारमा परिवर्तन परापूर्व कालमा विभिन्न भोज–भतेर वा व्यक्तिगत रुपमा पाहुना जाँदा खानाको व्यवस्थापन कसरी हुन्थ्यो ? भन्ने विषयमा मैले यहाँ कोट्याउन आवश्यक नठानेता पनि आफूले आजसम्म व्यहोरेको थोरबहुत अनुभव एवम् समसामयीक विषय र परिस्थितिलाई सम्झेर लेख्न मन लाग्यो । पाहुना भई इष्टूमित्रकोमा जाँदा मान गरेर हात धोइदिने, हात सुक्खा गराउनको लागि रुमालले पुछिदिने चलन सामान्य नै थियो । अझै जुवाइ, चेला वा भाञ्जाभाञ्जी नै परेछन् भने त कोपरामाथि खुट्टा राख्न लगाइ धोइदिने, सेतो पाटे धोती फेराई हात समाती भान्छामा लिएर जानी चलन थियो । भान्छामा पुग्ने बेलामा भान्छे महिलाले एउटा अम्खोरामा पानी लिएर उभिएकी हुन्थिन् । उनले अम्खरामा लिएको पानी ढल्काएर पाहुनाको खप्टिएको हातमा राख्दिन्थिन् । सो पानी पाहुनाले मुखमा राखी अचाउँथे । पानी अचाइसकेपछि घुमाउरो वा चारपाटे पिर्कामा गएर टुक्रुक्क बस्ने चलन थियो । अनि पाहुना वा घरका ठूलाबडाले खाएर नभ्याउनज्जेल भान्छे महिला एक सुरले नचली–नबोलि उभिने चलन थियो । पाहुनासँग बोल्नै पर्ने भएमा अत्यन्त्य संयमित भएर थोरै शब्दमा आफ्नो कुरा राख्नुपर्ने चलन थियो । त्यतिमात्र होइन भान्छे महिलाले धोती वा मुजेत्रोको फुर्काेले टाउको ढाकिरहन पथ्र्याे ।
आज आएर यी सबै चलन वा प्रथा एकादेशको कथा भएको छ । कसैले यस बारेमा सुनाउँदा विश्वास पनि नलाग्ने भइसकेको छ । यस्तो समाज वा परिस्थितिबाट गुज्रेका हामी आजको अवस्थामा आउँदासम्म त व्यापक परिवर्तन भएको महसुस भइरहेको छ ।
भन्न मन लाग्छ – बाआमाको भान्छामा जाने अधिकार छोराछोरी, बुहारीलाई वा नाती नातिनीलाई हुँदैनथ्यो । बाआमाको भान्छामा उनीहरू जान नपाएकोमा गुनासो वा विद्रोह गर्दैनथे । कसैले दुःख मान्दैनथे । छोरा हुन वा छोरी सबैले यो प्रकृयालाई सहर्ष स्वीकार गर्दथे । त्यस बेलाको चलन त कतिसम्म असजिलो थियो भने दिशा पिसाब लागे पनि भान्छेले भान्छा छोड्न पाउदैनथे । त्यसैले उनीहरू पानी नपिइकन बस्थे । वास्तवमा यो एक प्रकारको सास्ती नै थियो । मलाई लाग्छ यसबाट भान्छेको व्यक्तिगत फाइदा भन्दा नोक्सान बढी व्येहोर्नु परिरहेको थियो ।
राजनैतीक उथल पुथल र विश्व समुदायसँग विविध सञ्चार माध्यमहरूको पहुचले गर्दा ती चलन आजका पिढीहरूलाई मन परेन । त्यसैले खास समुदाय वा मानिसँगको आफ्नो संस्कार, परम्परा र चलनमा व्यापक परिवर्तन
आयो । भान्छेहरूले आफूले खाने विभिन्न परिकारहरू पकाउन त खासै गाह्रो मानेन् । तर किन किन आफूले पकाएका विभिन्न प्रकारका परिकारहरू पस्केर पाहुनालाई दिन असजिलो माने । यसैकारणले गर्दा यसको ठाउँमा एक प्रकारको सिस्टम डेभलप भयो । यसै सिस्टमलाई ‘बफेट’ भनियो । आजकल जताततै विशेष कार्यक्रम लगायत भोजभतेर आदिमा यो सिस्टम सबैभन्दा लोकपृय बन्न पुगेको छ । बफेट सिस्टममा एकातिर सजिएका युवतीहरू मुस्कुराउँदै निमत्रित् पाहुनाहरूको तमासा हेर्ने र अर्काेतिर निमन्त्रितहरू स्वतस्फुर्त रूपमा खानाका परिकारहरू प्लेटमा राख्दै युवतीहरूको आँखामा आँखा मिसाउने चलन छ । यो सिस्टममा सबैको पहुच समान किसिमले हुन्छ । यो सिस्टममा कोही पनि सानो ठूलो, कालो गोरो, अग्लो होचो, महिला पुरुष भन्ने हुँदैन । त्यसैले त यसले विश्व बजारमा सर्वाधिक महत्व पाएको छ । र अझै यसको क्षेत्रले व्यापकता पाउँदै छ ।
‘बफेट सिस्टम’ सानो भोज होस् वा ठूलो जत्रोलाई पनि मिल्ने भएकोले लोकपृय बन्दै गएको छ । कति खानाले मेरो पेट भरिन्छ भनी अड्कल गर्न नजान्नेको लागि भने यो अलि खर्चिलो बनेको छ । त्यस्तै मानिसहरूको अगाडि उभिन लाजमान्ने, असक्त र जेष्ठ नागरिकहरुको लागि पनि यो सिस्टम केही असहज देखिन्छ । नत्र भने यो सिस्टमको आफ्नै महत्व र विशेष गुणले भरिपूर्ण छ ।
कतिपय समाजले आजसम्म पनि आफ्नो परम्परा धान्ने सवालमा विवाह होस् वा ब्रतबन्ध वा अन्य प्रकारका भोज भतेरहरूमा आफूहरूले पकाएको खाना सम्मान स्वरुप आफ्ना इष्टमित्रहरूलाई आफै पस्केर दिने चलन छ । यसरी पस्केर दिनु कतिपय सन्दर्भमा असहज हुन सक्ला तर आफ्नो संस्कारको हिसाबले आफ्ना इष्टमित्रहरूलाई आफ्नै हातले पस्केर दिनु सबैभन्दा उत्तम हुन्छ । यो भनेको आमन्त्रित अथवा आफन्तहरूको सम्मान, माया र एक प्रकारको कदर पनि हो । बफेट सिस्टममा ‘खाए खा, नखाए नखा’ भन्ने अवधारणाले प्रश्रय पाएको हुन्छ । यसमा माया, ममता, प्रेम, सद्भाव र सम्बन्धको मानवीय पक्ष पञ्छिएको हुन्छ । तपाईँ आफै विचार गर्नस् त ( भात पकाइसकेपछि ठ्यास्स पर राखिदिएर ‘निकालेर खा’ भन्नु र दुई हातले पस्केर दिनुमा सम्मानको दृष्टिकोणले कति महत्व छ । हाम्रो परम्परा, संस्कार एवम् संस्कृतिमा सायद भात पकाएर पर राख्नु अनि ‘निकालेर खाउ’ भन्ने चलन छैन कि ?
आज हामी यति विकसित भै सक्यौँ कि कसैको संस्कार, जात, धर्म र परम्परालाई नमान्ने भयौँ । ‘फलानो देशमा यस्तो गरेका थिए, हामीले पनि त्यस्तै गर्नुपर्छ’ भन्ने अवधारणामा सोहोरिन पुग्यौँ । कसैको प्रथा, संस्कार र परम्पराका विरुद्ध पौठेजोरी खेल्न पुग्यौँ । अरुको संस्कार र परम्पराको अगाडि होइन ( ‘म त एस्तो हुँ । मलाई यस्तो चाहिन्छ । म तिम्रो परम्परा र संस्कारलाई चुनौति दिन्छु’ भन्नु कति लज्जास्पद स्वभाव हो । अझै हामी कसैको निम्तारो भएर जानु र निजको संस्कारलाई चुनौती दिदै दुवादस अथवा बहस गर्नु भनेको पक्कै पनि परम्पराको अस्मितामाथि धावा बोल्नु हो कि होइन ? सभामा बस्न अयोग्य मानिस सभामा हाजिर हुन हुँदैन । सभामा बस्ने मानिसको विशेष योग्यता र क्षमता हुनुपर्छ । जो कोही मानिस सभाको लागि उपयुक्त हुँदैनन् । यसका आफ्नै मान्यता, नियम र सीमाहरू हुन्छन् । ती सीमाहरूको ख्याल नगरेर सभामै चिच्याउन थालियो भने चिच्याउनेको हैसियत कस्तो रहेछ भनेर मुल्याङ्कन गरिन्छ । त्यसरी नै भोज भतेरमा पनि हामी सोह्रै आना सतर्क हुनु अनिवार्य हुन्छ ।
हामी उनका पाहुना हौँ । उनैका हामी निम्तारो पनि । जसले हामीलाई सम्मान गरी आत्मीय सम्झेर निमन्त्रणा वा निम्ता दिएको हुन्छ । तर हामीले त्यो सम्मानलाई भुलेर वा आफ्नै औकात बिर्सेर वेतालमा डम्फु फुट्ने गरी ठोक्न थाल्यौँ भने त्यसको घाटा सम्बन्धित समाजले व्यहोर्न पर्ला कि व्यक्तिले ? समाजसाश्त्रका अनुसार त हामी कसैले पनि कसैको संस्कारलाई ‘छि, नराम्रो’ भन्न पाइन्न वा ‘हुल जवरजस्त’ गर्न पाइदैन ।
धार्मिक हिसाबले पनि हाम्रो समाज विश्वको सबैभन्दा प्राचिन समाजमापर्छ । यो समाजको मूल्य मान्यता र अस्तित्व हिजो निर्माण भएको समाजको तुलनामा कैयो गुणा व्यवस्थित, मजबुत र विश्वव्यापि छ । दिन प्रतिदिन हामी यसलाई समय सापेक्ष बनाउँदै लगेका छौँ । हामी शब्दका हिसाबले सानो ठूलो हुम्ला तर व्यवहारिक हिसाबले अब हामीलाई त्यो स्वीकार्य छैन । आज हामी फराकिलो र चेतनशील बनिसकेका छौँ । आफ्नो घरमा पोकेको ढीडो काँचो भए पनि स्वादिष्ट सम्झने तर परैको घर पकाएको त्यै पिठोको ढिडोलाई कालो देख्ने हाम्रो प्रबृत्ति हामीमा रहिरहने हो भने मास्थिर फर्केर थुक्दा त्यो कहाँ पर्छ ? पक्कै पनि अनुमान लगाउन सकिन्छ ।
महाकवि लक्ष्मीप्रसाद देबकोटाले लेखेका छन् – मानिस ठूलो दिले हुन्छ जातले हुँदैन । समाजका कयौँ महा–मानवहरूको उक्ती र व्यवहार साथै जीवनचर्या पनि यस्तै छ । उनीहरूमा अर्काको परम्परा भत्काउने, लत्याउने र होच्याउने नभै परम्परालाई सम्मान गर्ने खालको छ । यसैलाई हामीले पनि सम्मान गर्नुपर्छ भन्ने सर्वव्यापि मान्यता छ । मैले अरुलाई मान–सम्मान गरेँ भने अरुले पनि मलाई त्यसै गर्छन् भन्ने सोचले हामी अगाडि बढ्ने तत्परता देखायौँ भने त्यो भन्दा महानता केही हुने छैन ।
खाने संस्कारमा परिवर्तन
previous post