दमौली/क्रियापुत्री भवनका लागि व्यास न.पा.–७ क्यामिन छापथोक घर भई हाल रत्ननगर न.पा–१० दूरसञ्चार रोड टाँडी निवासी पुण्यप्रसाद अधिकारीले २५ हजार १ सय २५ रुपैयाँ सहयोग गरेका छन् ।
स्वर्गीय पिताको जन्म एवं कर्मथलोमा निर्माणाधीन किरियापुत्री भवन निर्माण समितिका संयोजक उपेन्द्र लम्साल र सल्लाहकार प्रियनाथ पौडेललाई हस्तान्तरण गरेका छन् । व्यास–३ स्थित व्यास गुफा क्षेत्रको पूर्वतर्फ निर्माणाधीन ८ कोठे उक्त भवन ५० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गर्ने योजना छ । सो अवसरमा अधिकारी परिवारले खुशी व्यक्त गरेका थिए भने समितिको तर्फबाट धन्यवाद ज्ञापन गरिएको थियो ।