म्याग्दे/क्यान्सर पिडित सम्झनाको उपचार खर्च जुट्न शुरु भएको छ । म्याग्दे–५ स्थायी ठेगाना भई व्यास नगरपालिका वडा नं ५, को पतेनीमा वसोवास गर्दे आएको ३८ वर्षिय सम्झनालाई क्यान्सर प्रमाणित भएपछि उपचारको लागी आफन्त र शुभचिन्तकहरुवाट सहयोग जुटन थालेको छ ।
घरको आर्थिक अवस्था नाजुक रहेको र उपचारको लागी ठुलो खर्च लाग्ने भएपछि थप चिन्ता थपिएको सम्झनाको परिवारमा आफन्तजन र शुभचिन्तकहरुवाट केही आर्थिक सहयोग जुटेपछि उपचारका लागी सहज भएको सम्झनाका श्रीमान चन्द्र कुमार श्रेष्ठले वताए ।
यसैक्रममा सम्झनाको उपचारकाका लागी रानीटारी टोल विकास संस्थावाट १६ हजार ८ सय पचपन्न, नेपालटार नेवा गुठीवाट ५ हजार, दभुङवेशी रानीटारी नेवा समाजवाट २८ हजार ८ सय पैतिस, दुलेगौडा निवासी वसुमाया राजभण्डारीवाट ११ हजार १ सय पाँच, सपना भट्टराई सिहालेको पहलमा संकलित रकम ३ हजार आर्थिक सहयोग प्रदान गरेका छन् ।
यसैगरि सम्झनाका माईतीगाँउका कतारमा रहेका दाजुभाईहरुको पहलमा पनि आर्थिक सहयोग जुटेको छ ।
जसमा व्रुनाई वस्ने रेशमलाल श्रेष्ठवाट ७ हजार, कतारमा वस्ने, कृष्णकुमार श्रेष्ठको पहलमा २५ हजार २ सय दश, दिपक कुमार श्रेष्ठको पहलमा ६४ हजार ९ सय वत्तिस, शिव कुमार श्रेष्ठको पहलमा १३ हजार ५ सय चालिस, रामशरण श्रेष्ठको पहलमा १२ हजार २ सय पैतालिस, विष्णुकुमार श्रेष्ठको पहलमा ९ हजार ९ सय चालिस, मिलन श्रेष्ठ वाट ७ हजार ५ सय वैसट्टी, अविनास श्रेष्ठवाट ७ हजार २ सय रुपैया वसन्त कुमार श्रेष्ठले हस्तान्तरण गरेका छन् ।
कुवेतमा रोगजारको शिलशिलामा वस्ने राजु श्रेष्ठको पहलमा ४२ हजार ५ सय, सुरेन्द्रवाट १२ हजार ६ सय वयासी, व्यास १ निवासी विष्णुकुमार श्रेष्ठवाट ५ हजार, भीमराज श्रेष्ठवाट २० हजार, छङ्गेली नेवा खल दमौलीवाट २५ हजार ५ सय पचपन्न, व्यास ५ निवासी गीता खनालवाट १० हजार आर्थिक सहयोग प्रदान भएको छ ।
२०७९ चैत्र ३० गते वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा क्यान्सर पुष्टि भएपछि उपचार गर्दे आएको सम्झनाको विभिन्न परिक्षण भईरहेको छ भने वाहिरी सेकाई सकिएर भित्री सेकाई (थेरापी) को प्रक्रियामा रहेको छ ।
हालसम्म सम्झनाका उपचारको लागी ठुलो रकम खर्च खर्च भईसकेको र उपचारको प्रक्रिया लामो हुने हुदाँ उपचारमा सहयोग गरिदिनुहुन सम्झनाको श्रीमानले आग्रह समेत गरेका छन् ।