
परम्परादेखि चलिएको रितिस्थिती परिवर्तन गर्न निकै गाह्रो हुन्छ । हामीले जानी आएका मध्ये कति कुराहरु फेरिए भने कति यथावत छन् । विगतमा स्थापित मान्यताहरु समयको फेरबदल सँगै फेरिन नसकेमा वा समयानुकुल नभएमा त्यसको पालना कम हुन्छ । यथावत रहि रहनु पर्छ भन्ने यथास्थितिवादी र परिवर्तन हुनुपर्छ भन्ने परिवर्तनकारी बीच मत बाझिन्छ । सुरु सुरुमा सामान्य असर देखियता पनि पछि यसले विकराल रुप लिन सक्छ । परिवर्तनकारी हावी भएमा यथास्थिति माथी दमनको प्रयास हुन्छ त यथास्थितिवादीकै वाहुल्यता भएमा परिवर्तनकारीहरु निश्तेज हुन्छन् । ती दवाउछन्, दवाउने कोशीष गरिरहन्छन् । परास्त गर्ने नाउँमा एकले अर्को माथी धावा बोल्छ । दुव्र्यावाहार हुन्छ । आफ्नो तर्क र मत सहि सावित गराउन एक आपसमा मत जुटाउन आन्तरिक प्रतिस्प्रधा चल्दै आखिर समाज विभिन्न पक्षमा विभक्त हुन्छ । यसरी विभक्त समाजले सांगठनिक रुप धारण गर्न पुग्छ । एउटा सानो घेराबाट सुरुभएको विचार एकाएक विस्तार हुँदै राष्ट्रव्यापि हुन पुग्दछ । यसैलाई पार्टीको संज्ञा दिइन्छ । यिनका विचार दलका नीति बन्दै जान्छन् । अन्ततः सोहि दर्शन बन्न पुग्छ । यहि दर्शन समाजमा प्रयोग गरिन्छ, राजनीतिको रुपमा विकास हुँदै जनता साशीत हुन्छ ।
समाजमा चलेका गलत कुरालाई मसला बनाएर त्यसलाई बदल्ने नाममा कैयौं घटना घटेका छन् । कैयौं आन्दोलन छेडिएका छन् । नेपालको इतिहासमा हेर्ने हो भने किराँतकाल देखि शाहकाल सम्म भित्र भित्रै एक पक्षले अर्कोपक्षलाई परास्त गर्न आन्दोलन, संघर्ष, युद्ध पटक पटक भएको देखिन्छ र नयाँ शासक, नयाँ व्यवस्था, नयाँ विधि, नयाँ विधान हुँदै १९ दिनको जनआन्दोलनबाट एउटा युग र एउटा कुल शासन अन्त्य भै गणतान्त्रीक व्यवस्थाको प्रादुर्भाव भएको छ । यसमा पनि कतिपयको विमति देखिन्छ । यसैका विरुद्ध पनि भूमिगत संगठन क्रियाशील भएको समाचार सुन्नमा आउँछ जाहानिया शासनको संज्ञापाएको राणाशासनमा पनि केहि दुरगामी सुधार परिए, सतीप्रथा, दासप्रथा, हलियाप्रथाको प्रतिबन्ध तेतिबेलै लगाइए, जसको अन्त्यका लागि धेरै विरोधको सामना गर्नुप¥यो होला । पञ्चायती व्यवस्थामा पनि वालविवाहमा प्रतिबन्ध, मानव बेचविखनमा रोक, जस्ता कदम चालियो । परिवर्तनका लागि ठुलै कसरत गर्नुपरेको देखिन्छ र कानून बनाई दोषिलाई दण्डीत गरि सजायँ दिई डर र त्रास देखाई मात्र त्यसले सार्थकता पाएको छ । अझै समाजमा कुरीतिहरु छन् ती कुरीतिहरु हटाउन सरकारलाई हम्मे हम्मे परेको छ । छाउपडी प्रथाको विरुद्धमा सरकारले चालेका कदम अझै प्रभावकारी सावित गर्न छाउगोठ भत्काउँदै हिड्नु परेको, कैयौंलाई कारवाही गर्नुपरेको छ तर पनि यो सजिलै फेरिने वाला देखिदैन ।
माओवादी द्वन्दकालमा विभिन्न कुरीति प्रचलन र परम्मराको अन्त्य गर्न भन्दै गरिएको आन्दोलनमा कतिले हातखुट्टा गुमाउन प¥यो भने कतिको ज्यान गयो रितिरिवाज, संस्कार परम्परा भित्र रहेका कलुशीत पक्षको जरा हल्लदैं हल्लीएन । अहिले उनकै अगाडी हल्हली मौलाएका छन् तेत्रो वल खेरै गयो ।
समाजको दिनचर्याेको अभिन्न अँग बनेको सस्कार, प्रचलन, रितिरिवाज र व्यवहार भित्र अपनाइने तौर तरिका बेठिक हुँदाहुँदै पनि त्यसलाई परिमार्जन गर्न जतिठूलो बल लगाए पनि फेर्न सकिने वाला छैन । अधिकारको कुरा उठिहाल्छ, धर्म सस्कार माथीको प्रहार भन्न थालिन्छ । मदिलाको पर्व मानिने विज, दशैं, तिहार, छठ, ल्होछार, गौरा पर्व, जितिया, इद जस्ता चाडमा मनाइने शैली मनाउने स्वयम्लाई पनि यसको भार थाम्न नसक्दा र १८ औं शताब्दीको शैली केहि परिमार्जन नहुँदा आजका दिनमा समयानुकुल गरौ भन्दा फेरिनेवाला छैन । फेर्न प्रयास भएमा पनि ठूलै वल र संघर्षको आवश्यकता पर्न सक्छ ।
हेर्दा हेर्दै विना आन्दोलन, विना संघर्ष विना वल, विना नारा जुलुस हाम्रा फेर्नै नसक्ने सस्कार फेरिए, छोड्नै हुन्न भनिएका पर्व छोडिए, नगरी हुँदैन भनिने कुरापनि गरिएन । त्यो फेर्न सक्ने वल रहेछ ‘कोरोना वल’ महिनौं अगाडीबाट रमझम हुने तिज स्वतः फेरियो । कोठमाण्डौंमा महिनै पीच्छे मनाइने पर्व लगभग बन्द भए । भोटो जात्रा, इन्द्रजात्रा, रथजात्रा आदी मनाउने चलन कोरोना वलले स्वतः फेरीदियो । यसैगरी दशैं, तिहार, ल्होसारm छठ जस्ता पर्वहरु पनि मनाउने शैली र तरिका फेरिने निश्चित छ । जन्म, मृत्युमा गरिने व्यवहार पनि फेरिएको छ । धेरै कुरा उठ्दा पनि सफल नभएको अवस्था यहि वलले फेरिदियो भने यसको वल हाल सम्मका नाप्ने इकाइ हर्सपावर, रेक्टरस्केल, म्याग्नेचिउट जस्ता वल भन्दा यो वल अझै शक्तिशाली भएकोले कोरोनावल थप्दा कसो होला !
यो वलले मानिसको दिनचर्या फेरिदियो, खानपान, बसाई, चलाई, घुमाई फिराई, रितिरिवाज, सस्कार संस्कृति, परम्परा, सभा सम्मेलन, भाषण, बैठक, विद्यालय, पढाइ, उत्पादन, वजार, यतायात, व्यवसाय, रोजगार, श्रम, सिप सबै सबैमा आमुल परिवर्तन ल्याउने शक्ति न यसलाई हात्तिले परास्त गर्न सक्छ न शक्तिशाली सैनिकले । यी सबै शक्ति यसका अगाडी घुँडा टेकी नतमस्तक भए । यसलाई परास्त गर्न जुलुस निकालेर, गोलीहानेर, कसैका हात खुट्टा भाँचेर, बम पड्काएर होइन घरमा बसेर, आँखा नाक मुख छोपेर, हात घोएर, भिडभाड नगरेर सकिने हुँनाले सोही तरीका अपनाऔं । आँफु सचेत भौ होहल्लाका कुरा छाडौं ।