रमेश विकल
कोरोना भाइरस डिजिजको संक्रमणबाट कसरी जोगिने भनेर संसार यतिबेला विभिन्न उपायहरुको खोजीमा लागेको छ । लकडाउनको अवज्ञाले शहरी क्षेत्रको तुलानामा ग्रामीण क्षेत्र संक्रमणको बढी जोखिममा देखिएको छ ।
मानव सभ्यता माथि नै संकट लिएर आएको कोरोना भाइरसको कारण संसारको आधा जनसंख्या यतिबेला लकडाउनमा छ । कोरोना संक्रमणबाट बच्न लकडाउन मार्फत जो जहाँ छ त्यहि बस्ने, अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कने, निस्कनै परे मास्क लगाएर हिड्ने, भिडभाडमा सम्मिलित नहुने, सामाजिक दुरी कायम गर्ने साबुन पानीले निरन्तर हात धोइ रहने तथा तातो पानी पिउने जस्ता उपायहरु विश्वव्यापी रुपमा अपनाईएका छन् ।
हाम्रोमा लकडाउनको तेस्रो हप्ता सकिदै गर्दा कोरोना संक्रमणबाट बच्ने महत्वपूर्ण अस्त्रको रुपमा अवलम्बन गरिएको लकडाउनको कार्यान्वयन, शहरी क्षेत्रको तुलनात्मक रुपमा संक्रमणको जोखिम कम छ । तर ग्रामीण क्षेत्रमा संक्रमणको जोखिम बढी देखिएको छ । किनभने सामाजिक दुरी बनाएर बस्ने, मास्क लगाएर हिड्ने, भिडभाडमा सम्मेलित नहुने जस्ता कामहरु ग्रामीण क्षेत्रमा भएको पाइएको छैन । कृषि अर्थतन्त्रमा आधारित नेपालको ग्रामीण क्षेत्रमा लकडाउन शुरु हुँदा चैते धान रोप्ने तथा मकै लगायत अन्य वाली लगाउने वेला परेको छ । यसैले राम्जाकोट, ऋषिङ्ग, साभुङ्ग, घिरिङ्ग जस्ता ग्रामीण किसानहरु सामाजिक दुरी कायम राख्ने वा मास्क लगाएर हिड्ने भन्ने कुराको प्रभावकारी कार्यान्वयनमा लाग्न सकेका छैनन्् ।
भारत लगायत तेस्रो मुलुकमा रोजगारीका सिलसिलामा गएका नेपाली युवाहरु गाउँ फर्केका र गाउँमा एकलवास वा अन्य सावधानी विना नै परिवार, आफन्त र साथी भाईसंगै बसी रहेका भेटिन्छन् । खासगरी भारतबाट आउने क्रम अझै पनि चलिरहेको छ । स्थानीय जनप्रतिनिधी लगायतले ती युवालाई एकलवासमा बस्न र स्वास्थ्य परिक्षण गर्न गरेको निरन्तरको आग्रहलाई वेवास्ता गर्दै निर्वाध ती युवाहरु गाउँ घुमी रहेका भेटिन्छन् ।
यहा स्मरणीय कुरा के छ भने अहिलेसम्म नेपालमा भेटिएका कोरोना संक्रमित मध्ये सबै र जसो देश वाहिरबाट आएका नागरिक हुन् । यो सम्वेदनशिलतालाई बुझेर वैदेशिक रोजगारीबाट आएका युवाहरु एकलवासमा जानु र अन्य आवश्यक स्वास्थ्य परिक्षण गर्न उपयुक्त हुन्छ जस्ले कोरोना संक्रमणको जोखिमबाट गाउँलाई जोगाउन सकिन्छ भनेर अझै सचेतना फैलाउन पर्ने गाउँ वस्तीको माग रहेको छ ।
कोभिड–१९ः संक्रमणको जोखिममा ग्रामीण क्षेत्र
previous post