निर्वाचन मार्फत आम मतदाताले दिएको कार्यभार प्रतिपक्षको तर आफ्नो कार्यभार विर्सेर सत्ता सहयात्रीको भूमिकामा रुमलिएको कांग्रेस आफ्ना वरिष्ठ नेतालाई रामचन्द्र पौडेलमाथि सत्तारुढ दलले प्रहरी प्रशासनको दुरुपयोग गर्दै दुव्र्यवहार र गिरफ्तार गरेपछि आफ्नो भूमिकामा फर्केला त ? भन्ने प्रश्न यतिबेला सर्वत्र छ ।
बुल्दी खोलामा निर्मित व्यास नपा १ र १० तथा ११ जोड्ने मोटरेबल पुल उद्घाटन गर्न गृहजिल्ला तनहुँ आईपुगेका पौडेललाई अघिल्लो बुधबार स्थानीय प्रशासनले अवरोध गर्नुका साथै गिरफ्तार गरेर करिब तीन घण्टा हिरासतमा राखेपछि कांग्रेस नेताहरू तातिन पुगेका छन् र अब साँच्चै प्रतिपक्ष को भूमिकामा फर्कन्छन् कि भन्ने आम मतदातालाई लाग्ने थालको छ । तर मूल नेतृत्व सभापति शेरबहादुर देउवाका अहिलसम्मका गतिविधिलाई नियाल्नेहरु कांग्रेस, मतदाताले सुम्पेको कार्यभार सम्हाल्ने कार्यतर्फ यति छिट्टै फर्केला भन्ने विश्वास गर्दैनन् ।
अघिल्लो वर्ष भदौ २६ मा नेकपा कार्यकर्ताले बाँके जिल्ला सभापति किरण कोइरालाको सोही जिल्लाको खजुरा गापा–२ सीतापुरमा आयोजित पार्टी कर्याक्रममा सहभागी भएका बखत आक्रमण गरी देब्रे हात भाँचिदिए । कांग्रेसका तल्लो तहका नेताले विरोधमा आवाज उठाए तर मूल नेतृत्व त्यसमा बेखवर जस्तै बस्यो । सोही असोज १२ मा ऋषिङ गाउँ पालिकाको प्रशासकिय भवन सिलान्यास गर्न तनहुँ आएका केन्द्रीय सदस्य मिनेन्द्र रिजाल माथि नेकपाको कार्यकर्ताले अवरोध खडा गरे ।
हातहातमा चिर्पट र वियरका खाली बोतल लिएर अवरोधमा खटिएका नेकपा नेताा कार्यकर्ता, रिजाल उत्तेजनामा आएका भए भौतिक आक्रमणका लागि तयार भएको स्पष्ट देखिन्थ्यो । त्यतिबेला पनि कांग्रेस मूल नेतृत्व बेखबर नै दखियो । यस्तो लाग्थ्यो केही भएकै छैन । सत्ता र शक्तिको आडमा नेकपाले आफ्ना नेता कार्यकर्ता माथि गरको ज्यादती कांग्रेस नेतृत्वले देखेन । यस पटक भने देउवालाई केही नहुनु पर्ने भएको आभाष भएको देखिएको छ । पौडेल गिरफ्तारी लगतै उनले प्रधानमन्त्रीलाई फोन गरेर प्रश्न गरे भने विज्ञप्ती निकालेर उक्त कार्यको निन्दा गरे । सामाजिक सञ्जालमा ओली सरकारको उक्त कार्यको निन्दा र भत्सर्ना भइरहको छ । देउवाले पनि १९ गते शुक्रबार पदाधिकारी बेठक बोलाए र ओली सरकारका अरु थुप्रै भ्रष्टाचारजन्य तथा गैर कानुनी कामको विरोधसंगै आफ्ना वरिष्ठ नेतामाथि भएको दुव्र्यवहारको विरोध गर्दै मंसिर २८ मा देशव्यापि विरोध सभा गर्ने निर्णय पदाधिकारी वैठकले गरको छ ।
तर अझैपनि आफ्ना सहयात्री नेताहरुको सुझाव विपरित वालुवाटारको एक कलमा लुरुलुरु त्यहाँ धाउने सभापति देउवा सजिलै प्रतिपक्षको भूमिकामा फर्कन तयार होलान भनेर विश्वास आम नागरिकले गर्न सकेका छैनन् । सात पटक प्रधानमन्त्री बन्छौ भनेर ज्योतिषले भनेको कुरामा विश्वास भएर हो वा वाइडबडी विमान काण्डमा आफ्नो नाम मुछिएका कारण ओलीले फसाउने डरले अथवा सत्तासंग नजिक रहँदा आफ्नाहरुलाई विभिन्न निकायमा जागिरे बनाउन सकिन्छ भनेर हो देउवा प्रतिपक्षीय भूमिकाका लागि तयार भएका छैनन् । ओली सरकार गठन भए यता भ्रष्टाचारका थुप्रै काण्डहरु सार्वजनिक भएका छन् तर न त देउवा केही बोली र हेका छन् न सिंगो कांग्रेसनै त्यसका विरुद्ध शसक्त रुपमा लागको छ । कोभिड–१९ संक्रमणको त्रासलाई चिर्दै विभिन्न देशमा निर्वाचन भएका भनेर भाषण गर्ने कांग्रेस नेताहरु सरकार विरुद्ध सडकमा किन नआएको भन्ने प्रश्नमा बहाना तेस्र्याउँछन्, कोभिडको त्रास छ । त्यसैले मंसिर २९ को कार्यक्रम कर्मकाण्डी प्रकारको हुने र पौडेल काण्डले तातिएका कांग्रेस नेताहरु चिसिँदो मौसमसंगै सेलाउने आशंका आम मानिसमा छ । आशंका किनपनि छ भने आम मानिसको बुझाईमा सत्ताधारी नेकपा फुट्ने र ओलीसंग सत्ता सहकार्य गर्न पाइने लोभले देउवा ओलीसंग सम्बन्ध विगार्न
चाहँदैनन् ।
राज्यले जेष्ठ नागरिक भनेर ७० वर्ष माथिका मानिसलाई सम्मान स्वरुप सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । तनहुँ नेकपाले पुल उद्घाटनमा अवरोध गरेका र प्रहरी प्रशासन लगाएर दुव्र्यवहार गरेका पौडेल त्यही उमेर समूहका नेता हुन् । जेष्ठ नागरिक भएका नाताले पनि उनी माथि दुव्र्यवहार हुन हुन्थेन । नेकपाको नेता कार्यकर्ताले जे भनेर यो दुव्र्यवहारको पक्ष पोषण गरेपनि त्यो गलत हो । समान्य मानविय संवेदना समेत भुलेर र अग्रजलाई सम्मान गर्ने परम्पराको विपरित जे नेकपा तनहुँले ग¥यो त्यो सर्वथा गलत छ र यस्ता गलत क्रियाकलापको निन्दा अनि विरोध गर्नु नै पर्छ ।
सत्ता लोभ त्यागेर आफ्ना नेता कार्यकर्ता माथि भएको ज्यादतीको विरोघसंगै देशमा व्याप्त भ्रष्टाचार र अनियमितता लगाएतका विषयमा आम नागरिकलाई जानकारी गराउन पनि कांग्रेसले सडकमा आउनु आवश्यक भै सकेको छ ।
तर फेरी प्रश्न उठ्छ, के आम नागरिकको सरोकारको े विषय सम्बोधनमा चासो नराखेर कुम्भकर्ण निन्द्रामा रहको कांग्रेस व्युँझेर सडकमा आउला ? ओलीको एक फोनमा सभापति देउवा झाडापखालको विरामीले जस्तो हतार गरेर वालुवाटार धाउने क्रममा रोक लाग्ला ? एउटा समान्य कार्यकर्ताले पनि बुझको कुरा के हो भने अहिले ओलीसंग सत्ता सहयात्राको अर्थ उनका हरेका काण्डहरुको भागिदार बन्ने हो र यसको दीर्घकालिन असर भनेको कांग्रेसको अधोगति हुँदै समाप्ती हो । त्यसैले नेतृत्वले बेलैमा सचेत भएर जनभावना अुनरुप कदम चाल्न ढिला नगरोस् । जनताको आवाज उठाउने जनप्रतिनिधिको थलो संसद खोल्ने कुरामा कांग्रेसले अगुवाई गरोस् । मंसिर २९ को कार्यक्रम कर्मकाण्डी नबनोस्, साँच्चै कांग्रेस कुम्भकर्ण निन्द्राबाट व्युँझोस् ।