दमौली/व्यास नगरपालिकाले कृषकका समस्या समाधान गर्न ऐन नै बनाएर पहल गरेको छ । व्यास नगरपालिकाले बनाएको तनहुँको व्यास नगरपालिकाले कृषकको समस्या समाधानको लागि पहल कदमी गरेको छ ।
व्यास नगरपालिकाले कृषिलाई पहिलो प्राथमिकता दिँदै कृषि व्यवसाय प्रवर्धन ऐन, कृषि व्यवसाय प्रवर्धन तथा नियमन कार्यविधि, कृषि विकास कार्यक्रम कार्यान्वयन निर्देशिका, दुग्ध उत्पादन र बजारीकरणका आधारमा अनुदान कार्यक्रम निर्देशिका र सहकारी मार्फत मासु उत्पादन र विक्रीमा आधारित अनुदान कार्यक्रम निर्देशिका बनाएर कार्यान्वयनमा ल्याएको छ ।
नगरपालिकाले व्यास नगर कृषि व्यवसाय प्रवद्धन समित गठन गरेको छ । नगरप्रमुख संयोजक रहेको यो समितिले किसानको गुनासो सुन्ने त्यसको आधारमा माग पुरा गर्ने प्रबन्ध मिलाएको छ । मंगलबार अन्तरक्रिया गरियास नगर कृषि व्यवसाय प्रवद्धन समितको काम कर्तब्य अधिकार साथै किसानका गुनासो सुन्ने र समस्या समाधान गर्ने प्रक्रियाको बारेमा जानकारी दिईएको थियो ।
व्यास नगरपालिका–११ सेरा निवासी गाई पालक कृषक रमेशप्रसाद आचार्यले किसानको मेहन र लगानीको मूल्य कटाएर नाफा नहुने भएकोले कृषि व्यवसायको विकल्प खोज्नु पर्ने बाद्यता आएको बताए । व्यास नगरपालिका–१३ पोखरीभञ्ज्याङका कृषक इश्वर पन्थले उत्पादनको बजारीकरण नहुँदा कृषक समस्या परेको बताए ।
व्यास नगरपालिका–११ फराकचौरकी गाई पालक कृषक भगवती जिसीले कृषकलाई अनुभवको कमि हुँदा समस्या हुने गरेको बताईन ।
कार्यक्रममा बाँदर पीडित किसानहरुले आफ्ना समस्याको पनि समाधान तर्फ नगरपालिकाको ध्यानाकर्षण गराएका थिए ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले कृषकको समस्या समाधानको लागि नगरपालिकामा कृषकको सहभागिता सहितको कृषि व्यवसाय प्रवद्र्धन समिति गठन गरिएको र वडा स्तरमा कृषकलाई मद्धत पु¥याउन १४ वटै वडा समिति गठन गरिएको बताए । नगर प्रमुख न्यौपाने, कृषि तथा पशु सम्बन्धि प्राविधिकलाई सोही क्षेत्रमा मात्रै काममा लगाउने र प्रत्येक वडामा प्राविधिक सुविधा पुर्याउने प्रतिबद्धता अन्तरक्रियामा जनाएका थिए ।
कार्यक्रममा उपप्रमुख इन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी, प्रवक्ता जीवन गुरुङ लगायतले व्यास नगरपालिकाका कृषकका समस्या समाधानको लागि कामहरु अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारी, भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा। बालकुमार श्रेष्ठ लगायतले कृषि प्रधान देश भएपनि परनिर्भरता बढ्दै गएकोले सबै मिलेर समस्या समधानको लागि एक जुट हुुन आवश्यक रहेको कुरामा जोड दिएका थिए ।
किसान केन्द्रित व्यासको पहल
previous post