कार्यपालिकाका आठ निर्णय
दमौली/व्यास नगरपालिकाको बुधबार सम्पन्न कार्यपालिका बैठकले विभिन्न आठ निर्णय गरेको छ । प्रवक्ता मेघनाथ हस्ताक्षरित विज्ञप्ति मार्फत सो को जानकारी गराइएको हो ।
नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको कार्यपालिका वैठकले चौतिसौं नगर सभा तयारीका सम्बन्धमा विभिन्न निर्णय गरेको हो । बैठकले आर्थिक ऐन २०७७ र विनियोजन ऐन २०७७ को संसोधन प्रस्ताव पेश गर्न स्थानीय राजश्व समिति र बजेट तथा कार्यक्रम तर्जुमा समितिलाई निर्देशन दिएको छ । त्यसैगरी चौथो खुल्ला म्याराथान प्रतियोगितालाई सफल पार्न सम्बद्ध सबैलाई अनुरोध गर्दै पुरस्कार राशी पनि बैठकबाट अनुमोदन गराएको छ । घाटहरुबाट हुने कर असुलीलाइ थप पारदर्शी एवं व्यवस्थित गराउन निर्देशन दिएको छ ।
कार्यपालिकाका आठ निर्णय
previous post